अत्याधुनिक प्रविधि सहित ‘राधिका नेत्रालय’ सञ्चालनमा

पोखरा । पोखराको बिरौटा-१७ मा अत्याधुनिक प्रविधि र विशेषज्ञ सेवाका साथ ‘राधिका नेत्रालय’ सञ्चालनमा आएको छ। भदौ १ गतेदेखि औपचारिक रूपमा सुरु भएको यस नेत्रालयले पोखरा र आसपासका बासिन्दालाई उच्चस्तरीय र विश्वसनीय आँखा उपचार सेवा दिने लक्ष्य लिएको जानकारी प्राप्त भएको छ ।

१५ वर्षभन्दा बढी अनुभव सम्हाल्नुभएका वरिष्ठ नेत्ररोग विशेषज्ञ, फेको तथा रेटिना सर्जन डाक्टर अमृत बास्तोलाको पहलमा आफ्नै जन्मथलोमा यो नेत्रालय स्थापना गरिएको हो। डाक्टर बास्तोलाले आफ्नै आमा राधिका बास्तोलाको सम्मानमा यसको नाम ‘राधिका नेत्रालय’ राख्नुभएको हो। स्थानीयवासीलाई विशेषज्ञ उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटाउनु नै यसको मुख्य उद्देश्य रहेको छ।

उपलब्ध प्रमुख सेवाहरू:

 रेटिना डायग्नोस्टिक्स तथा इमेजिङ र रेटिना सर्जरी

 मोतियाबिन्दुको आधुनिक शल्यक्रिया (Phacoemulsification)

 Anti-VEGF इन्जेक्सन र लेजर थेरापी

 ड्राई आई थेरापी प्याकेज, चश्मा र साना शल्यक्रियाहरू (Minor OT)

विशिष्ट अफर:

शुभारम्भको अवसरमा नेत्रालयले एक महिनासम्मका लागि विशेष ‘ग्रान्ड ओपनिङ अफर’ ल्याएको छ। यसअन्तर्गत:

 आँखाको OPD जाँच (Consultation) निःशुल्क हुनेछ।

 अन्य सम्पूर्ण उपचार, शल्यक्रिया, चश्मा तथा सेवाहरूमा २० प्रतिशत छुट पाइनेछ।

नेत्रालय पोखराको बिरौटा-१७ मा स्थित छ। थप जानकारी वा सेवाका लागि ९८५६००६८६६ मा सम्पर्क गर्न सक्नुहुनेछ।

Advertisment