बागलुङ एमाले अध्यक्षमा के.सी. निर्वाचित

बागलुङ, २६ पुस​ । ​नेकपा एमाले बागलुङको अध्यक्षमा युवा नेता हिरा बहादुर केसी निर्वाचित हुनु भएको छ । ​
​आज बिहानसम्म भएको मत गणना अनुसार केसीले आफ्ना प्रतिद्वन्द्वी कृष्ण पाठकलाई १०१ मतको अन्तरमा पराजित गर्दै अध्यक्षमा विजयी हुनु भएको छ । ​
​केसीले ३ सय २९ मत र पाठकले २ सय २८ मत प्राप्त गर्नु भएको थियो । ​एमाले बागलुङको उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुषाल यस अघि नै निर्विरोध हुनु भएको थियो । ​​​
​२ जना उपसमितिका लागि भएको निर्वाचनमा २९९ मत प्राप्त गरी गणेश थापा र २२८ मत प्राप्त गरी डम्मर छन्त्याल विजयी हुनु भएको थियो । ​
​यस्तै २४ जना खुल्लातर्फका जिल्ला सदस्यहरुमा अमर बहादुर थापाले सबैभन्दा बढी ४ सय २७ मत प्राप्त गरी विजयी हुनु भएको छ । एमालेको नवौ जिल्ला अधिवेशनमा भएको निर्वाचनमा काठेखोला गाउँपालिकाका अध्यक्ष समेत रहनु भएको थापा म्यान अफ द इलेक्सन हुनु भएको छ । ​​​​ ​अन्य खुल्ला सदस्यहरुमा शेखर खड्का (३९७), रुद्र पौडेल (३८४), सम्पन्न श्रेष्ठ (३६८), अनन्त बहादुर खड्का (३६३), नेत्र बहादुर बिष्ट (३५८), प्रेम लामिछाने (३५७), बालकृष्ण शर्मा (३५६), पुनम प्रसाद शर्मा (३५६) इश्वरलाल राजभण्डारी (३५५), पवित्रा रोका (३५३), लोकेन्द्र बहादुर केसी (३५३), भुपेन्द्र खड्का (३४३), यम बहादुर श्रीस थापा (३४२), शिव शर्मा (३४२), दिपक गौतम (३३३), रुद्र बहादुर महत क्षेत्री (३३२), सन्दिप खड्का (३२६), खिम बहादुर थापा मगर (३२१), प्रेम बहादुर केसी (३१९), चन्द्र गणेश (३१३), जित बहादुर क्षेत्री (राजन) (३११), कृष्ण अधिकारी (३०८), खगेन्द्र पौडेल (३०६), विजयी हुनु भएको छ । ​
​यस्तै भुगोलतर्फ काठेखोला गाउँपालिकाबाट खीम बहादुर कार्की (२५६) र खुम बहादुर भण्डारी (२४०) विजयी हुनु भएको छ । अल्पसंख्यकतर्फ ढालेन्द्र शेरचन (३४०) र ताल बहादुर छन्त्याल (२५२) विजयी हुनु भएको छ । ​

Advertisment