पोखरा, १२ चैत्र
पोखरा ११ काहुँ गुरुङ गाँउको काहुँ घोताने ङ्होल्ह«ों कोन्मे पविारले शनिवार चेलिबेटी सामुहिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। ल्होछारको अवसरमा वर्षेनी आयोजना गरिने कार्यक्रम कोरोना महामारीका कारण केही ढिला गरी पोखरामा कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा परिवारका जेष्ठ आमा बाबाहरुलाई दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै सम्मान गरिएको थियो भने उच्च शिक्षा हासिल गर्ने, अध्ययनमा उत्कृष्ठ परिवारका विद्यार्थीहरु बधाई तथा नगदसहित सम्मान गरिएको थियो।
कार्यक्रममा गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै शिक्षा, खेलकुद, समाजको महत्वको बारेमा चर्चा गर्नुहुदै युवा पुस्ता अग्रसर हुन आग्रह गर्नुभएको थियो। उहाँले काँहु घोताने कुलमा जन्मेर पोखरा क्षेत्रको विकासका लागि महत्वपुर्ण योगदान दिनु भएको मेजर बीरसिंह गुरुङ जस्तै काँहु घोतानेहरु अग्रगतिमा लाग्न शुभकामना व्यक्त गर्नुभयो।
काहुँ घोताने ङ्होल्ह्रो कोन्मे पविारका अध्यक्ष सु.इन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लेखबहादुर गुरुङ र सचिव सई रुद्रबहादुर गुरुङले गर्नुभएको थियो। कार्यक्रममा स्योकैं अर्थात चेलिबेटीहरुलाई वार्षिक भोज समेत गरिएको थियो।
काहुँका घोताने परिवारको सम्मान एवं बार्षिक भेटघाट
March 28, 2022
528
Advertisment



