बैंकिङ कसुर मुद्दाका फरार पक्राउ

पोखरा, चैत २२ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले मिति २०७८।१२।२१ गते एक प्रेस विज्ञप्ति जारी गर्दै
बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ गरेकाे जानकारी दिएकाे छ ।
बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र रु।१,०८,०००।– नगद जरिबाना फैसला भई हालसम्म फरार रहेकी जिल्ला कास्की पोखरा म।न।पा। वडा नं।१३ मियापाटन बस्ने वर्ष ४० की रबिना खातुनलाई मिति २०७८।१२।२० गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरिएकाे प्रवक्ता सूचना अधिकारी प्रहरी नायव उपरिक्षक ​​सुन्दर तिवारी द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

उनलाई प्रहरीले पक्राउ पछि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको छ ।

Advertisment