सुजनले जिते स्वर्ण सहित डब्लुएफएफ प्रोकार्ड

पोखरा, २२ असार,

पोखराका सुजन सिल्पकारले विश्व फिटनेश महासंघ (डब्लुएफएफ) को उपाधी जितेका छन् ।

उनले अष्ट्रेलियाको मेलर्वनमा सम्पन्न च्याम्पियनसीपमा अष्ट्रेलिया भरका बलिविल्र्डसहरुलाई पछि पार्दै ‘मेन्स पर्फमेन्स बडिविल्डिङ’ र ‘मेन्स स्पोर्टस मोडेल हाइ क्लास’ विधामा स्वर्णपदक प्राप्त गरि डब्लुएफएफको उपाधी जितेका हुन् । उपाधीसँगै सुजनले विश्वका जुनसुकै देशमा आयोजना हुने शारिरिक सुगठनको अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि हुन पाउने प्रोकार्ड पाएका छन् । अष्ट्रेलियामा प्रोकार्ड पाएका सुजनले अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि हुदाँ नेपालको प्रतिनिधित्व गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन ।

 

लामो समय देखि अष्ट्रेलिया बस्दै आएको सुजनले करिब १६ वर्षको हुँदादेखि जिम सुरु गरेका थिए । उनले सन् २०१९ देखि २०२२ को अवधीमा अष्ट्रेलियाको विभिन्न शहरमा आयोजना भएको आईसिएन वल्र्ड वाइड च्याम्पियनसिप, ताज्मानिया स्टेट च्याम्पियनसिप, आइएनबिए नेशनल ब्रिजवन, आइसिएन स्टेट र नेशनल, डब्लु नेशनल मिस्टर वशिनियामा ओभरल च्याम्पियन लगायत ५ प्रतियोगितामा १७ वटा स्वर्णपदक जितिसकेका छन् ।

Advertisment