



पोखरा । साउन ३०, भारतिय राजदुताबास पेन्सन बितरण कार्यालय पोखराले ७५ औं स्वतन्त्रता दिवस भब्यरुपले मनाएको छ ।
पेन्सन बितरण कार्यालय पोखराका प्रमुख लेप्टिनेन्ट कर्णेल शशांक त्रिपाठीले भारतको झण्डोत्तोलन गर्दै नेपाल भारत बिच रगतको सम्बन्ध रहेको प्रष्टया्उनुभएको थियो । वहांले गोर्खालीहरुले बगाएको रगतको उच्च मूल्यांकन गर्दै त्यसैले पनि दुई देश बिच रगतको सम्बन्ध रहेको समेत उल्लेख गर्नुभयो ।
नेपाल र भारतबिच ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धलाई आगामी दिनमा थप मजबुत बनाउंदै लैजानुपर्ने समेत बताउनुभएको थियो ।
कार्यक्रममा उत्कष्ट सेवा गर्नुहुने बिभिन्न बिभागका प्रमुख तथा कर्मचारीहरु भारत भुषण पाण्डे, डोलबहादुर थापा, तिर्थप्रसाद दंगाल, राजेन्द्र गिरी, दुर्गाप्रसाद सुबेदी, प्रेमबहादुर गुरुड., बिना थापा,कृष्णबहादुर पोडे लगायतलाई प्रशंसा पत्रकासाथ सम्मान गरिएको थियो ।
कार्यक्रममा यहां स्थित बिभिन्न संघ, संस्था, सामाजिक, राजनितिक, कर्मचारी, सुरक्षा निकायका ब्यक्तित्वहरु उपस्थिती रहेको थियो ।
सो अवसरमा नेपाल भारत मैत्री बिद्यालयका बिद्यार्थीहरुले बिविध सांस्कृतिक प्रस्तुत गरिएको थियो ।
भारतिय राजदुताबास पेन्सन बितरण कार्यालय पोखराले ७५ औं स्वतन्त्रता दिवस भब्यरुपले मनायो
August 16, 2022
502
Advertisment




