अन्नपुर्ण गाऊंपालिकामा घुम्ती शिबिर, सेवा छिटो छरितो, प्रभावकारी र पारदर्शिता – पालिका अध्यक्ष केसी

पोखरा, भदौ १५ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा व्यवसाय एवं करदाता दर्ता तथा अनलाइन राजस्व संकलन सम्बन्धि शिविर सुरु गरिएको छ, पहिलो चरणमा वडा नं.-४ ,५ र ६ मा शिविर सुरु भएको छ, एक कार्यक्रम बिच वडा नं.-४ को वडा कार्यलयमा गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले शिविरको उद्घाटन गरि सुरुवात गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै गाउँ पालिका अध्यक्ष विष्णु बहादुर केसीले अनलाइन प्रणालीले अभिलेख व्यवस्थित रहनुका साथै सेवा प्रवाह छिटो छरितो, प्रभावकारी एबं पारदर्शिता समेत हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँ पालिका प्रवक्ता एवं वडा नं.-७ वडा अध्यक्ष भरत मान गुरुङ , निवर्तमान वडा अध्यक्ष भरत बहादुर केसी लगायतले शुभकामना दिनुभएको थियो भने कार्यक्रमको अध्यक्षता वडा नं.-४ का वडा अध्यक्ष आइन्दल गुरुङ एवं स्वागत मन्तव्य वडा सदस्य मन बहादुर गुरुङ र कार्यक्रमको संचालन गाउँ पालिका कर्मचारी कृषि शाखा संयोजक मनोज कठायतले गर्नुभएको थियो ।
त्यस्तै गरि अन्नपूर्ण -६ मा गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी बाट साथै अन्नपूर्ण – ५ मा गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा बाट शिविरको सुरुवात गरिएको थियो । कार्यक्रममा अन्नपूर्ण वडा नं.- ६ का वडा अध्यक्ष एकादेव देवकोटा र वडा नं.-५ का वडा अध्यक्ष जिवनाथ पौडेल, शिविर टोलिमा खट्नुभएका कर्मचारीहरु र वडा सचिवहरु लगाएतको उपस्थिति रहेको थियो । शिविर ६ दिन सम्म संचालन हुनेछ भने यस लगत्तै बाँकी वडाहरुमा पनि शिविर संचालन हुने गाऊंपालिकाका प्रवक्ता भरतमान गुरुङले युनाईटेड खबरलाई जानकारी दिनुभएको छ ।

Advertisment