सुदुरको मुख्यमन्त्रीमा कांग्रेस नेता शाह नियुक्त

पोखरा ।  सुदूरपश्चिम प्रदेशमा सरकारको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त हुनुभएको छ । बिहीबार प्रदेश प्रमुख देवराज जोशीले वहांलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रदेश सभाबाट विश्वासको मत नपाएपछि नेकपा एमाले नेता राजेन्द्रसिंह रावल बिहीबार मुख्यमन्त्री पदमुक्त हुनुभएको छ ।

रावल नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा पुस २७ मा मुख्यमन्त्री बन्नुभएतापनि उन्मुक्तिले विश्वासको मत नदिएपछि रावल आजै पदमुक्त हुनुभएको हो ।
आज नियुक्त हुनुभएका शाह कैलाली निर्वाचन क्षेत्र नम्बर २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
प्रदेश सभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १०, सांसद छन्। नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र र राप्रपाका १ सांसद  रहेको छ ।

Advertisment