सेनाका जर्नेलहरुको सरुवा, सैनिक सचिव खैरेनीमा

माघ २९,
काठमाण्डौं । नेपाली सेनाका प्रादेशिक प्रमुखहरुको जिम्मेवारी हेरफेर भएको छ । हालैको सरुवामा पूर्वी पृतनाबाट उपरथी सहदेव खड्कालाई सेनाको वार कलेज नगरकोट पठाईएको छ । त्यसैगरी निरीक्षणाधिकृत (आइजी अफिस) का योगराज शर्मालाई नीति,योजनामा सरुवा गरिएको छ । शर्मालाई कृष्णदेव भट्टले सम्हाल्दै आएको बिभागमा पुर्याइएको हो । भट्टचाहिँ पछिल्लो बढुवामा परेर आनन्द अधिकारी निवृत्त भएपछि रिक्त ठाउँमा सरुवा भएका छन् ।

यता उपत्यका पृतना प्रमुखको जिम्मेवारी सागर थापालाई दिइएको छ । उनी तत्कालीन राजा वीरेन्द्र शाहका एडीसी ताराबहादुर थापाका छोरा हुन् । यता सेनाको मुख्यालयमा अहिले दुई तारे एजीको दरवन्दी खाली रहेको छ ।

यसबीच सेनापतिको सैनिक सचिव पनि परिवर्तन गरिएको छ । सैनिक सचिवमा काभ्रेको भकुण्डेस्थित २६ बाहिनीबाट ज्योतेन्द्र महत सरुवा भएको छ । हालका सैनिक सचिव गौरव केसीलाई भने ३ नम्बर बाहिनीमा सरुवा गरिएको छ । खैरेनीको बाहिनीपति रहेका तत्कालीन प्रमुख पूर्णचन्द्र थापाका एडिसी प्रेम पुन पनि यसवीच जङ्गी अड्डामा सरुवा भएका छन् ।

Advertisment