तमु समुदायको ऐतिहासिक साँस्कृतिक पर्व ट्होटें आज

चैत २८, पोखरा ।
तमु समुदायको ऐतिहासिक साँस्कृतिक पर्व ट्होटें आज पोखरामा भव्यताका साथ मनाउने भएको छ ।
आज चैत्र महिनाको अन्तिम मंगलवार २८ गते ठिक ११:०० बजे पोखरा रंगशालाबाट शुरु हुने र्यालीमा पोखराका बिभिन्न  तमु समाज, संघ, संस्था सहभागी हुनेछन ।

बिभिन्न बाजागाजा, झांकी सहित सुरु हुने रया्ली नयांबजार स्थित तमु धिं नेपालको कार्यालयमा पुगेर शुभकामना आदान प्रदान गरि समापन हुने तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुले जानकारी दिनुभएको छ ।

Advertisment