२५ औँ वर्ष पार गरेको अवसरमा: कन्सर्ट गरेर रजत जयन्ती मनाउदै लेकाली

२५ औँ वर्ष पार गरेको अवसरमा

पोखरा, ४ बैशाख,
लोक पप संगीतमा चर्चित पोखराको लेकाली ब्याण्डले आफ्नो रजत जयन्ती कन्सर्ट गरेर मनाउने भएको छ ।
विंस २०५२ सालमा पोखरामा स्थापना भएको ब्याण्डले २५ औँ वर्ष पार गरेको अवसरमा यो वर्ष देश तथा विदेशमा कन्सर्ट गरेर आफ्नो रजत जयन्ती मनाउन लागेको हो । रजत जयन्तीका अवसरमा ब्याण्डले यहि आउदो अप्रिल २२ तारिखमा दुबई र अप्रिल कै २३ तारिखमा आबु दाबी मा आफ्नो सांगीतिक प्रस्तुती दिने पक्का भएको ब्याण्डले पोखरामा आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।कन्सर्टका लागि तयारी तिव्र रुपमा अगाडि बढेको ब्याण्डका भोकलिष्ट नविन गुरुङले बताए । ब्याण्डले हङकङ, मकाउ, दक्षिण कोरिया लगायत देशमा पनि कन्सर्टको तयारी भईरहेको उनले बताए ।

विंस २०५४ सालमा पहिलो एल्बम यो मुटुमा सार्वजानिक गरेको ब्याण्डले मानिस, मोहिनी, फर्कि हेर्दा लगायत चार वटा एल्बम बजारमा ल्याएको थियो । ब्याण्डको चर्चित गीतहरुमा यो मुटुमा लौन, बनमा कस्तुरी, पहिलो नजर‘ लगायत रहेका छन् । यो ब्याण्डको आफ्नै किसिमको फ्यान फलोइङ छ ।

विभिन्न सांगीतिक आरोह अवरोहका बाबजुद पनि पोखरामा रहेर २५ वर्ष सम्म निरन्तर संगीत मै लागिरहेको छ । ब्याण्डले अहिले नेपालमा हुने मेला महोत्सवहरुमा आफ्नो प्रस्तुती दिदै आएको छ । ब्याण्डमा अहिले भोकलिष्टमा नविन गुरुङ र भाई गुरुङ, किबोर्डमा विशाल गुरुङ भिष्म, बेस गितारमा कुन्दन गुरुङ, लिड गितारमा अमित गुरुङ र ड्रममा चाईनिज गुरुङ रहेका छन् ।

विंस २०५४ सालमा पहिलो एल्बम यो मुटुमा सार्वजानिक गरेको ब्याण्डले मानिस, मोहिनी, फर्कि हेर्दा लगायत चार वटा एल्बम बजारमा ल्याएको थियो । ब्याण्डको चर्चित गीतहरुमा यो मुटुमा लौन, बनमा कस्तुरी, पहिलो नजर‘ लगायत रहेका छन्
Advertisment