जनता माँझ जाने अवसरलाई सदुपयोग गरौं– महामन्त्री थापा

पोखरा, ८ वैशाखः नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्राप्त अवसरलाई सदुपयोग गर्दै परिणाम दिनेगरी जनताका काम गर्न काँग्रेसका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली काँग्रेस गण्डकी प्रदेशद्धारा शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री थापाले भन्नुभयो– ‘अब काँग्रेसका नेता तथा कार्यकर्ताले आफ्नो पुरानो कार्यशैली त्यागेर नयाँ तरिकाबाट जनताका काम गर्र्नु पर्छ ।’
‘लोकतन्त्र र प्रजातन्त्रमा विश्वास राख्ने पार्टी नेपाली काँग्रेसका कार्यकर्तामा वि.स. २०४८ सालको निर्वाचनमा जसरी उत्साह वढेको थियो पछिल्ला चुनावमा त्यस्तो उत्साह हराउँदै गएकाले आम नेता तथा कार्यकर्तामा पार्टीले जागरण ल्याउन आवश्यक छ । उहाँले भन्नुभयो– लोकतन्त्रमा विश्वास राख्ने पार्टी भएकालले पनि आम जनताको भरोसा काँग्रेसप्रति नै रहेको छ ।’
‘प्रदेश सरकार बनाउँदै गर्दा आम काँग्रेसका नेता तथा कार्यकर्तामा उत्साह र खुसी देखिएको छन, उहाँले भन्नुभयो – आम कार्यकर्ता माँझ पुगेर काँग्रेसले उनीहरुका समस्या बुझ्नु पर्छ ।’ बैंकले व्याज बृद्धिगर्दा आम नेपाली पीडित बनेको र ऋण तिर्न सक्ने अवस्थामा नरहेको जस्ता समस्यापनि पछिल्लो समय देखिएको भनाई उहाँको छ ।
‘काँग्रेस सरकारमा भएका बेला पार्टी विस्तार र आफूले गरेको कामको प्रचार गर्ने अवसर पनि यही हो, महामन्त्री थापाले भन्नुभयो–आउँदो निर्वाचनमा काँग्रेस जनतालाई दिने सेवावाट नै लोकप्रिय बन्नुपर्छ ।’ पार्टी भित्रपनि नयाँ पुस्तालाई अवसर दिएर पार्टीलाई अगाडि वढाउन जरुरी भएको भनाई उहाँको छ ।
पार्टीका सबै भातृ संगठनको निर्वाचन सम्पन्न गरी संगठनलाई छिट्टै पूर्णता दिँर्दै काँग्रेस सक्रिय रुपमा आफ्नो संगठन विस्तार गर्न नगरदेखि गाउँका वडासम्म पुग्ने तयारीमा जुटेको भनाई थापाको छ । तनहुँ निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनको प्रचारप्रसारमा पुगेर फर्कने क्रममा शुक्रबार पोखरा आउनुभएका थापाले तनहुँमा नेपाली काँग्रेसका युवा नेता गोबिन्द भट्टराईलाई निर्वाचन जिताउन काँस्कीका कार्यकर्ताको पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातन्त्रप्रति विश्वास राख्ने पार्र्टी काँग्रेस मात्र भएकाले काँगेसको भविष्य लामो समयसम्म रहेकाले हामी सबै जनताका पीरमर्का बुझेर अगाडि वढ्न जरुरी भएको बताउनुभयो ।
‘भोलिका पीडिका लागि काँग्रेसले सोच्न जरुरी छ, शर्माले भन्नुभयो– युवाको भविष्य निर्धारण गर्ने जिम्मेवारी नेपाली काँग्रेसको काँधमा छ ।’ सदस्यता वितरणका लागि आवश्यक सदस्यतापत्रका लागि सहजीकरणका लागि उहाँले केन्द्रसँग आग्रह गर्नुभयो ।
उक्त अवसरमा महामन्त्री थापाको उपस्थितिमा पार्टीको गण्डकी प्रदेश कार्यालयमा नेपाली काँग्रेस संसदीय दलको कार्यालय शुभारम्भ गरिएको थियो ।
पार्टी र संसदीय दलबीचको सम्बन्धलाई संस्थागत रुपमा बलियो बनाउने लक्ष्यका साथ कार्यालय स्थापना गरिएको पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले बताउनुभयो । उक्त अवसरमा पार्टीका गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, उपाध्यक्षद्वय मा.कल्पना तिवारी र पूर्व मन्त्री मेखलाल श्रेष्ठ, पूर्व मन्त्री यज्ञबहादुर थापा सह-महामन्त्री कोपिला रानाभाट प्रदेश सभासद माननिय प्रकाश बराल,पुर्ब जिल्ला सभापति कृ्ण केसी लगायत पार्टीका नेता तथा कार्यकताको उपस्थिति थियो । पार्टी सभापति शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रम महामन्त्री विष्णुप्रसाद लामिछानेले सञ्चालन गर्नुभएको थियो ।

Advertisment