उपनिर्वाचन : केही छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा सम्पन्न,: मत गणना आजै

उपनिर्वाचन : केही छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा सम्पन्न,

बैशाख १०, पोखरा ।
आज भएको उपनिर्वाचन केही छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । चितवन–२, बारा–२ र तनहुँ १ मा भएको तीन वटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । यस क्रममा चितवनका २ मतदान केन्द्रमा केहीबेर मतदान रोकियो भने बारामा केही व्यक्तिहरू पक्राउ परेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको सन्चारकर्मीलाई बताउनुभएको छ । थपलियाका अनुसार यकिन तथ्यांक प्राप्त नभएपनि चितवन र बारामा ६० प्रतिशतको हाराहारीमा मतदान भएको छ भने तनहुँमा ५५ प्रतिशतको हाराहारीमा मतदान भएको छ ।

गत मंसिर ४ गते भएको निर्वाचनमा चितवनमा रास्वपाका सभापति समेत रहेका रवि लामिछानेको नागरिकता विवादका क्रममा रिक्त भएको थियो । त्यस्तै तनहुँ र बाराबाट निर्वाचित सांसदहरू क्रमशः राष्ट्रपति र उपराष्ट्रपति भएपछि रिक्त हुँदा उपनिर्वाचन भएको हो ।

Advertisment