प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको अस्पतालले जानकारी दिएको छ ।
आज बिहान ८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पतालको प्रेस नोटमा उल्लेख गरिएको छ ।निक्कै लामो समयदेखि बिरामी हुनुभएका सिता दाहालको ६९ वर्षको उमेरमा निधन भएको हो । दाहाललाई पार्किन्सनजस्तो देखिने जटिल रोग लागेको थियो । प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पीएससी० भनिने रोगबाट पीडित दाहालको यसअघि भारतमा पनि उपचार भएको थियो ।

सीता दाहालको पार्थिव शरीरलाई आज बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने र आजै २ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको माओबादी केन्द्र स्रोतले जानकारी दिएको छ ।

Advertisment