बालकृष्ण खाँडमाथि अभियोग लाग्दैमा दोषी हैन : केन्द्रीय सदस्य घले

काठमाडौँ — नेपाली कांग्रेसकी केन्द्रीय सदस्य राधा घलेले आरोप प्रमाणित नभएसम्म कसैलाई पनि दोषी करार गर्न नमिल्ने बताउनुभएको छ । । केन्द्रीय कार्यसमितिको जारी बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणप्रति लक्षित गर्दै नेता घलेले अभियोग लाग्दैमा कोही पनि दोषी नहुने बताउंदै केन्द्रीय सदस्य घलेले आफ्नो नेताको बचाउमा उत्रेर साथ दिनुपर्नेमा पार्टीका नेताहरू विरोधमा उत्रिएको भन्दै गुनासो गनृुभयो ।

पार्टीको एउटा नेतालाई, साथीलाई बिनाकारण समातेर लग्दै गर्दा आफ्नै पार्टीको साथीहरू संवेदनशील नहुनु, बरु गृहमन्त्रीलाई बधाई दिन जानु कति उपयुक्त हो १ बैठकमा घलेको प्रश्न थियो । अरुलाई खाएको बाघले आफूलाई पनि खान्छ भन्ने बुझ्नु आवश्यक रहेको प्रष्टयाउनुभयो । एउटा साथीलाई दु :ख पर्दा काँध हाल्न सक्दैनौं र ? आरोप लाग्दैमा कोही पनि दोषी हुँदैन, जबसम्म दोषी सावित हुँदैन, कमसेकम एउटालाई पर्दा हामीभित्रै साथीहरूले साथ दिँदैनौं भने एउटालाई खाने बाघले अरुलाई पनि खान्छ, खान्छ केन्द्रीय सदस्य राधा घलेको चेतावनी थियो ।

पूर्वगृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँड नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा रहनुभएको छ ।

Advertisment