बालकल्याण हाइस्कुललाई गोल्डेन ढाकाटोपी

पोखरा
गोल्डेन ढाकाटोपी कल्चरल ग्रुप डान्स कम्पिटिसनको तेस्रो संस्करणको उपाधि बाल कल्याण हाइस्कुलले हात पारेको छ ।
शुक्रबार पोखरा सभागृहमा भएको ग्रान्ड फिनालेमा अन्य १४ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि हात पारेको हो । बालकल्याण हाइस्कुलले शीर्ष उपाधि गोल्डेन ढाकाटोपीहसहित १ लाख रुपैयाँ हात पारेको प्रतियोगिता संयोजक अमन तामाङले जानकारी दिए ।

मिरर किङ इन्टरटेन्मेन्ट र बिटुडी डान्स स्कुलले गर्र्दै आएको प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेशका १५ विद्यालय प्रतिस्पर्धामा थिए ।
प्रतियोगितामा सोसल पब्लिक स्कुलले दोस्रो स्थान ल्याएको थियो । दोस्रो भएको सोसल स्कुलले ट्रफीसहित ७५ हजार रुपैयाँ हात पारेको छ ।
त्यस्तै, प्रतियोगितामा तेस्रो स्थान बनाएको बेसलाइन एकेडेमीले ट्रफीसहित ५० हजार रुपैयाँ जितेको छ ।
तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय अन्तर विद्यालय सामूहिक नृत्य प्रतियोगितामा कास्की मोर्डनाइज्ड स्कुल र भाष्कर मेमोरियल स्कुल क्रमशः चौंथो र पाचौं स्थान ल्याए ।
उनीहरुले ट्रफीसहित क्रमशः ३० हजार रुपैयाँ २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा छैठौं स्थान ल्याएको सबलाइम इंग्लिस स्कुलले १० हजार रूपैयाँ प्राप्त गरेको थियो ।
प्रतियोगिता संयोजक तामाङले कास्की मोर्डनाइज्ड स्कुललका युवराज गुरुङले उत्कृष्ट नृत्य निर्देशकको उपाधि जितेको जानकारी दिए । ‘बेस्ट कोरियोग्राफरले गोल्डेन ट्रफीसहित १५ हजार रुपैयाँ जित्नुभयो,’ उनले भने । समूह चरणको अडिसनबाट सेमिफाइनमा प्रवेश गरेका २४ स्कुलबाट फाइनलमा १५ स्कुल पुगेका हुन् । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए । प्रतियोगितालाई गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान तथा अन्य निजी संघसंस्थाले सहयोग गरेका थिए ।

Advertisment