विपीको मान्यतालाई अनुशरणडा. शशांक कोइराला

हेमजा, १९ असोज
नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले विपीको मान्यतालाई अनुशरण गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस कास्की क्षेत्र नं.३(क)को  शुक्रवार भएको प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै पूर्व महामन्त्री डा. कोइरालाले त्यस्तो बताउनुभएको हो ।उहाँले कांग्रेसले विपीको नाम पटकपटक उच्चारण गर्ने गरेको भएपनि कतिपय अवस्थामा विपी मान्यतालाई भने आत्मसात नगरेको भनाई राख्नुभएको थियो ।डा. कोइरालाले कांग्रेसमा महिलालाई प्राथमिकता दिनुपर्ने पनि ओैँल्याउनु भयो ।आधा धर्ती ढाक्ने महिलाहरु सक्रिय भएको ठाउँ मात्रै सफल हुने भन्दै उहाँले कर्याकर्तालाई माया गर्ने तथा अवसर नपाएकालाई अवसर दियो भने मात्रै पार्टी सफल बन्ने धारणा राख्नुभयो ।
कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले नेपालका ऐतिहासिक काल खण्डमा महत्वपूर्ण भूमिका खेलेको पार्टीका रुपमा कांग्रेसलाई चिनाउँदै एकताबद्ध भई अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
त्यस अवसरमा केन्द्रीय सदस्य शारदा पौडेल, गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, जिल्ला उपसभापति युवराज कुँवर, पोखराका जनप्रतिनिधिको तर्फबाट पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीना, माछापुच्छे« ४ का वडाध्यक्ष मधुसुदन अधिकारी तथा प्रदेश अन्र्तगत रहेका १५ इकाई सभापतिले पनि धारणा राखे ।
प्रदेश सभापति पुष्पेन्द्र पाण्डेको अध्यक्षतामा भएको  कार्यक्रममा उपसभापति मोतिलाल तिम्सिनाले स्वागत र सहसचिव अनिल गुरुङले गर्नुभएको थियो ।

Advertisment