चेस खेललाई विश्व खेल जगतमा मौका- देवेन्द्र कुमार शेरचन

काठमाडौँ, कात्तिक २० । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले राष्ट्रको चेस खेललाई राष्ट्रिय खेलकुद परिषद मार्फत विश्व खेल जगतमा मौका प्रदान गरिनुपर्ने कुरामा जोड दिएकाछन ।

दोस्रो नेपालभाषा मंकाःखल राष्ट्रिय र्‍यापिड रेटिङ प्रतियोगिताको उद्दघाटन गर्दै अध्यक्ष शेरचनले समाजलाई चेस खेलको माध्यमबाट सकारात्मक बाटो तर्फ डोरया्उन अहंम भुमिका रहने हुंदा यस तर्फ ध्यान दिन आग्रह गरेका थिए ।

पहिलो दिन नेपाल च्याम्पियन रौतहटका रुपेश जैसवालसहित पाँच खेलाडीले चार खेल जितेर शीर्ष स्थान बनाएकाछन । उनले शैलेश श्रेष्ठ, अशोक मोहन श्रेष्ठ, जनार्दन श्रेष्ठ र सुरज महर्जनलाई हराएर चार अङ्क बनाएकाछन ।

देशभरका २५ जिल्लाका शीर्ष खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा दोलखाका आशिष् फूँयाल, विकेश राजकर्णिकार, काठमाडौँका पुरुषोत्तम सिलवाल र धिरेन राई पनि चारै खेल जितेर संयुक्त अग्रस्थानमा रहन सफल भएकाछन ।

राजन पूरी ३.५ अङ्क बनाएर दोस्रो स्थानमा रहेका छन । सजिन महर्जन, सानुराज बज्राचार्य, सुरोज महर्जन, मनोज कुमार श्रेष्ठ, सुदिप तामाङ, विजय महर्जन, राजु महर्जन, शैलेन्द्रकुमार न्यौपाने, कमल श्रेष्ठ, जनार्दन श्रेष्ठ समान तीन अङ्कमा रहेका छन ।

महिलातर्फ नुवाकोटकी वर्तमान महिला नेपाल च्याम्पियन डब्लुएफएम सुजना लोहनी र श्रीलङ्काली खेलाडी डब्लुआइएम सचिन रनासिंघेले तीन–तीन अङ्क प्राप्त गरी संयुक्त प्रथम स्थानमा रहन सफल भएका छन ।  शान्ति धिमाल २.५ अङ्कसहित दोस्रो र पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी दुई अङ्कका साथ तेस्रो स्थानमा छन ।

मंकाः खल:, यलका अध्यक्ष हेराकाजि महर्जनले यस राष्ट्रिय प्रतियोगिता हरेक वर्ष हुने क्यालेन्डरमा समावेश गरिदिन अनुरोध गर्नुभयो ।

Advertisment