हिमालय मा.वि अन्नपूर्ण ७ तोल्काले स्वर्ण जयन्ती मनाउने

मंसिर १३,  पोखरा । हिमालय माध्यमिक विद्यालय अन्नपूर्ण ७ तोल्काले ५० औं वार्षिकोत्सबलाई स्वर्ण जयन्तिका रुपमा भब्यरुपमा मनाउने निर्णय गरेको छ ।

बुधबार सम्पन्न भेलाले विद्यालयसँग सम्बन्धित वि.व्य.स ,शि.अ संघ ,शिक्षकहरू ,भु.पु वि.व्य.स अध्यक्ष एवं पदाधिकारीहरु, भु.पु अभिभावक संघका पदाधिकारीहरु,जनप्रतिनिधिहरु,भु.पु विद्यार्थीहरुको उपस्आथिती रहेको थियो ।

बिधालय व्यवस्थापन समितिका अध्यक्ष केशवराज दुराको अध्यक्षतामा भएको भेलामा स्थानिय आमा समूह ,युवा क्लब ,बाल क्लब ,चन्दा दाताहरु ,अक्षयकोष दाताहरु,संस्थापक प्र.अ , छिमेकी विद्यालयका प्रअ ,अभिभावकहरु लगायतका सम्पूर्ण सरोकारवालाहरुको समेत भेलामा सहभागी रहेको थियो ।

बैठकले वि.व्य .स अध्यक्ष केशवराज दुराको संयोजकत्वमा आवश्यकता अनुसार थप्ने गरि ११० सदस्यीय स्वर्ण जयन्ति मूल आयोजक समिति गठन गरेको छ। त्यसैगरि भेलाले अन्नपूर्ण गा.पा वडा नं ७ का वडा सदस्य युवा राजनितिज्ञ गौप्रसाद गुरुङको संयोजकत्वमा ९ सदस्यीय आर्थिक संकलन उप समिति ,पूर्व विद्यार्थी श्री भगवान पौडेलको संयोजकत्वमा ९ सदस्यीय प्रचार प्रसार उपसमिति ,पूर्व वि.व्य.स अध्यक्ष समाजसेवी प्रेमबहादुर गुरुङको संयोजकत्वमा स्मारिका प्रकाशन उपसमिति गठन पनि गरेको छ।

वैठकको संचालन विद्यालयका शिक्षक प्रेमसिंह महराले गर्नुभएको थियो भने प्र.अ शरद सुवेदीले भेलाको औचित्यत माथि प्रकाश पार्नु भएको थियो । बैठकमा अन्नपूर्ण गा.पा ७ नं वडाका अध्यक्ष भरतमान गुरुङको समेत विशेष उपस्थिति रहेको भेलाले स्वर्ण जयन्ती २०८१ बैशाख १०,११ र १२ गरि ३ दिन सम्म मनाउने भएको हिमालय माबिका शिक्षक शरद सुवेदीले जानकारी दिनु भएको छ ।

Advertisment