एनएमबि बैंकले लाभांश नदिने तयारी !

१४ मंसिर, पोखरा । एनएमबि बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।
हिजो बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय लिएको छ ।

कम्पनीले आर्थिक बर्ष २०७९/८० को अन्तसम्म कायम रहेको वितरणयोग्य मूनाफा नबाँडी सञ्चित गर्ने जानकारी दिएको छ । निर्णयलाई राष्ट्र बैंक समक्ष पेश गरि साधारणसभामा स्वीकृतिका लागी लैजाने कम्पनीले जनाएको छ ।

एनएमबी बैंकले आव २०७६/७७ मा १६.२ प्रतिशत, आव २०७७/७८ मा १५.८ प्रतिशत र आव २०७८/७९ मा ८.२५ प्रतिशत लाभांश वितरण गरेको थियो । साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तोकिसकेको छैन ।

Advertisment