लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सिक्लेसमा, प्रहरी प्रमुख थापा गाउंमा पाउंदा जनतामा उत्साह

  मंसिर, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा जिल्ला कास्की मादी गाउं पालिका अन्तर्गत वडा नं १ सिक्लेसमा विभिन्न सचेतना मूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मादी गाँउपालिका वडा नं. १ को आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा कास्कीको मादी गा.पा. वडा नं.०१ सिक्लेस स्थित सभाचोकमा १६ दिने लैङ्गिक हिंसा सम्बन्धी कार्यक्रम अन्तर्गत प्रशिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाको प्रमुख आतिथ्यता तथा मादी गाउँपालिकाका वडा नं. १ का वडा अध्यक्ष देवीजंग गुरुङको विशेष उपस्थितीमा सम्पन्न भएको हो ।

 स्थानिय जनप्रतिनिधी, आमा समूह, होटल व्यवसायी संघ, भद्रभलाद्मी, बुद्धिजिवी, समाजसेवी, क्लवका पदाधिकारी लगायतको उपस्थितिमा प्रशिक्षण कार्यक्रममा सहभागिता जनाईएको समाचार प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखको उपस्थितीमा पहिलो पटक यस्तो कार्यक्रम भएको भनी स्थानियवासीले खुसी व्यक्त गरेको सिक्लेसबाट स्थानिय लेख बहादुर ले जानकारी दिनुभएको छ ।

सोही अवसरमा जिल्ला कास्की मादी गाँउ पालिका अन्तर्गत वडा नं.०१ सिक्लेस स्थितमा रहेको श्री अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई समेत बाल अधिकार, बालबालिका विरुद्ध हुन सक्ने अपराध तथा अपराधबाट बच्नका लागि अपनाउनु पर्ने साबधानीहरु र साईबर अपराधबाट बच्ने उपायहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले प्रशिक्षक, प्रशिक्षण प्रदान गर्नु भएको थियो

कार्यक्रममा मादी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष देविजंग गुरुङ, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक, शिक्षिकाहरु तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेख बहादुर गुरुङ लगायतको बिशेष उपस्थिती र स्थानिय बासिन्दाको ठुलो संख्यामा उपस्थिती रहेको थियो । 

Advertisment