नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अधिवेशन शनिबार पोखरामा हुदै

पोखरा ९ चैत्त,

नेपाली कांग्रेस निकट भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अधिवेशन शनिबार पोखरामा हुदै छ ।

पोखरा सभागृहमा शनिबार हुने अधिवेशनको तयारी पुरा भएको शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको छ । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट जनजाती अन्तर्गत विभिन्न जातजातिको प्रतिनिधितित्व हुनेगरि ३ सय ७८ जना प्रतिनिधि सहभागी हुने गण्डकी प्रदेश संयोजक रेनुका काउचाले जानकारी दिइन् । अधिवेशनपूर्व पोखराको चिप्लेढुंगाबाट सांस्कृतिक ¥याली निकालिने बताए । ¥याली चिप्लेढुंगा न्युरोड हुँदै सभागृहमा पुगी उदघाटन समारोहमा परिणत हुने बताएको छ । अधिवेशनको उद्घाटन कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गर्ने छन् । अधिवेशन सम्पन्न गर्न काउचाको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । जसअनुसार आर्थिक समितिमा सुनिल गुरुङ, आवाश र खाना ब्यबस्थापन समितिमा जीत बहादुर गुरुङ, अथिति सत्कारमा सिता गुरुङ ( पोखरा–१२ ), शान्ति सुरक्षा र समन्वय समितिमा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य सिता गुरुङ ( पोखरा– १ ) र मंच ब्यबस्थापन समितिमा अजय गुरुङ र प्रचार प्रसार समितिमा राजबहादुर गुरुङ संयोजक रहेका छन् ।

महासंघले विभिन्न जिल्ला र नगर तथा गाउँपालिकामा तदर्थ समिति गठन गरि सम्बन्धित तहमा अधिबेशन समेत सम्पन्न गरेपछि अहिले प्रदेश अधिबेशन हुन लागेको हो । नेपाली काँग्रेसको भातृसंस्थाको रुपमा रहेको यस संस्था नेपाल आदिबासी जनजाती संघको रुपमा रहेपनि गत वर्षबाट विभिन्न जातजातिका संस्थाहरु आबद्ध गराएर नेपाल लोकतन्त्रबादी आदिबासी जनजाती महासंघ बनाइएको हो । नेपाली कांग्रेसको नयाँ विधान २०७९ अनुसार बनेको लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा ६० आदिवासी जनजाती सूचीकृत छन् । अधिवेशनले ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।

Advertisment