१३ जेष्ठ पोखरा । संधैको बर्ष झै यस पटक पनि कास्कीको पर्यटकिय गाऊं अन्नपुर्ण गाउंपालिकाको १० र ११ मा पर्ने घान्द्रुकमा ’‘पर्यटनका लागि सबै मौसम’ भन्नेमूल नाराका साथ अन्नपुर्ण म्याराथन हुने भएको छ ।
वि.सं. २०७५ सालदेखि आरम्भ गरिएको विश्वकै चर्चित ‘अन्नपूर्ण म्याराथन’ तयारी बारे आईतबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माणगरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्नपूर्ण म्याराथन प्रतियोगिता गर्दै आएको संयोजक ललित गुरुङले जानकारी दिनुभएको छ । संयोजक गुरुङले म्याराथनतर्फ ४विदेशीसहित ५० जनाले नाम दर्ता गराएका छन् भने वहांहरु मध्ये १० जना महिला रहेको समितीले जानकारी दिएको छ ।
महिला तथा पुरुष दुबैतर्फका लागि हुने म्याराथनमापहिलो, दोश्रो र तेश्रो हुनेले क्रमश नगद १ लाख ५०हजार, १लाख र ७५ हजारका साथमा मेडल तथाप्रमाणपत्र प्राप्त गर्ने छन् । पुरुषतर्फ दर्ता शुल्क ७ हजार र महिलातर्फ ५ हजार तोकिएको छ ।
समितिले अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसकादिनको अवसर पारेर प्रत्येक बर्ष अन्नपूर्णआधारशिविरबाट घान्द्रुकसम्म (४२.१९५ किमी) कोअन्नपूर्ण म्याराथन गर्दै आईरहेको छ । अन्नपूर्णआधारशिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रेआधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदैघान्द्रुक आईसमापनहुने गरी म्याराथन रुट कायम गरिएको छ ।
विशेषतः सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेलीपर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजारमिटरभन्दा अग्ला हिमाल आरोहणकोइतिहासमा विश्व कीर्तिमानीराखेको सन्दर्भमा उक्तदिनलाई “अन्नपूर्ण आरोहण दिवस” मनाउने गरिन्छ ।सोही दिनको सम्झनामा अन्नपूर्ण म्याराथन हुनेभएकाले यसको छुट्टै ऐतिहासिक गरिमा रहेकोसंयोजक गुरुङले बताउनुभयो ।
अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमाविकास गर्न अल्टिमेट एडभन्चरले प्राविधिक सहयोगगर्नेभएको छ । कार्यक्रमका लागि अन्नपूर्णगाउँपालिकाको व्यवस्थापन, अन्नपूर्ण समाजकाठमाडौंको सहकार्यमा सम्पन्न हुन गईरहेकोम्याराथनमा नेपाल पर्यटन बोर्ड, घान्द्रुक पर्यटनव्यवस्थापन समिति, छोम्रोङ पर्यटन व्यवस्थापनसमिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)/राष्ट्रिय प्रकृति संरक्षण कोष, टाँडापानीपर्यटन व्यवस्थापन समिति, मुल्डे भ्यू–पार्कव्यवस्थापन समिति, खेलकूद मन्त्रालय, राष्ट्रियखेलकुद परिषद, भूपूखेलाडी मञ्च, नेपाल एड्भेन्चररनिङ महासंघ, सिआइडब्लुईसी क्लिनिकसहितकाअन्य पर्यटनसँग सम्बन्धितसंघसंस्थाले सहयोग गर्ने भएको छ ।
महोत्सव सम्पन्न गर्न ५०१ सदस्यीय रहेको मुलव्यवस्थापन समिति, १३ वटा विभिन्न उपसमिति गठनगरिएको समितिका सचिव मिकास गुरुङले जानकारी दिनुभएको छ ।





