पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले एक प्रेस विज्ञप्ति जारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा भएको आन्दोलनको क्रममा पत्रकार माथी हातपात गर्ने मध्ये थप १ जना पक्राउ गरेको जानकारी दिएको छ ।
गत १३ गते निजी दुई पाङ्ग्रे एवं चार पाङ्ग्रे सवारी साधनहरुलाई भाडामा प्रयोग गर्न पाउने गरी गण्डकी प्रदेश सरकारले कार्यविधि बनाई लागू गर्न लागेको विषयको बिरोध स्वरुप भाडाका सवारी साधन नचलाई बन्द गरेको विषयमा रिपोर्टिङको क्रममा खटिएका गण्डकी भ्वाईस अनलाईन मिडियाका व्यबस्थापक निर्देशक सुरज थापा र पोखरा टेलिभिजनकी रिपोटर बिना कुमारी थापा माथी आन्दोलन कार्यकर्ताहरुले हातपात तथा कुटपिट गरेको थियो ।
घटनामा वारदात पश्चात फरार रहेका मध्ये १ जना पोखरा महानगरपालिका वडा नं १७ बस्ने वर्ष १७ का कास्की २० लाई यस कार्यालयबाट खटिएको प्रहरी टोलिले मिति २०८१।०४।१८ गते पक्राउ गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ । फोटो – एजेन्सी