पोखरामा हिराका गहनाको सोरुम उद्दघाट्न, तिजमा किन्नेलाई बिशेष छुट

कृस कञ्चन ज्वेलरीमा डायमण्ड सोरुम उद्घाटन

पोखरा, १२ भदौ । पोखराको प्रतिष्ठित घराना समुह कञ्चन क्यापिटल प्रालिले कृस कञ्चन ज्वेलरी अन्तर्गत मोहोरिया टोलमा डायमण्ड (हिरा) का गहनाको सोरुम सञ्चालनमा ल्याएको छ ।

पोखरामा हिराका ग्राहकलाई मध्यनजर गर्दै सोरुम सञ्चालनमा ल्याईएको कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजूले बताउनुभएको छ । योभन्दा अघि कम्पनीकै अर्को शाखा पञ्चरत्न आभूषण प्रा.लि डायमण्डको सोरुम सञ्चालनमा ल्याईसकेको समेत वहांले जानकारी दिनुभएको छ ।

सोरुम उद्घाटनका अवसरमा भदौ १२ देखि १९ गतेसम्म हिराका गहना किन्ने हरुलाई विशेष छुट प्रदान गरिने अध्यक्ष गुभाजुले जानकारी दिनुहुंदै बिहान १० बजेदेखिसाँझ ६ बजेसम्म सोरुम खुला रहने बताउनुभयो ।

सोरुममा हिराबाट बनेका विभिन्न गहनाहरु उपलब्ध छन् । ‘पोखरामा हामीले प्रत्येक वर्ष डायमण्ड मेला आयोजना गर्दै आएका थियौं,’ वहांको भनाई थियो, ‘यो पटक पोखरामै अर्को सोरुमको शुभारम्भ गरेका हौं ।’ यसले हिराका गहनाका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने वहांको विश्वास रहेको छ ।

तीज तथा डायमण्डको सोरुम उद्घाटनका अवसरमा कञ्चन क्यापिटल अन्तर्गतका सबै शाखाहरुमा सुनचाँदीका गरगहनामा पनि विशेष छुट प्रदान गरिने अध्यक्ष गुभाजूले जानकारी दिनुभएको छ । कम्पनी अन्तर्गत पिएम कञ्चन आभूषण, कञ्चन आभूषण, कञ्चन ज्वेलर्स, कृस कञ्चन ज्वेलरी, पञ्चरत्न आभूषण र कञ्चन सिल्भर रहेका छन् । सो रुमको बुधबार गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नुभएको थियो ।

 

Advertisment