भदौ १४, पोखरा । पोखराको समाजसेवाको क्षेत्रमा केन्द्रित मध्येको एक दीप युनाइटेड क्लब पोखरा १६ ले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सद्भाव र सहकार्यका लागि एकता भन्ने नाराका साथ दीप युनाइटेड क्लब पोखरा १६ ले नारीहरूको महान पर्व हरितालिका तीजको पुर्वसन्ध्यामा आयोजना गरिएको रक्तदानमा ९० युनिट ब्लड संकलन भएको छ ।
विगत वर्षहरूमा झै यस वर्ष पनि रक्तदान जीवनदान भन्ने कार्यक्रमलाई निरन्तरता गरेको बाह्रौं खुल्ला रक्तदान कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष अमृत प्रसाद तिमिल्सिनाले ब्यानरमा हस्ताक्षर र बिन्दवासिनी माध्यमिक विद्यालयका निरन्तर ५५ पटक रक्तदान गरिसक्नुभएका रक्तदाता रामबहादुर बानियालाई ब्लड ब्याग हस्तान्तरण गरि रक्तदानको प्रारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुंदै प्रमुख अतिथी एबं वडा नम्बर १६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले रक्तदान जीवनदान रहेको हुनाले हरेक ३/३ महिनामा रक्तदान गर्न सक्ने र व्यक्तिको स्वास्थ्य अवस्था जाँच्ने एउटा कडी पनि रहेको जानकारी दिनुभयो । रक्तदान गर्नु सबैको लागि राम्रो हो भन्दै दीप युनाइटेड क्लबले विगत १२ वर्षदेखि तीज को मौका पारेर रक्तदान कार्यक्रम गर्दै आएको यो कार्यक्रम आफैमा सह्रानिय भएको वडाध्यक्ष तिमिल्सिनाले बताउनुभयो।
विभिन्न व्यक्तित्वहरू घटनामा परेर होस् वा बिरामी भई हस्पिटलको सैयामा सुतिरहेको अवस्थामा होस् विभिन्न परिवेशमा घाइते भएर समयमा रगत नपाएर छटपटाएका सम्पूर्ण व्यक्तिहरूको सहयोगको लागि जीवनदान गर्नु भनेको वास्तविक महादान रहेको बताउनुहुंदै वडा भित्र रहेका हरेक संघसंस्थाहरुले समयसमयमा यसरी रक्तदान जस्तो पुण्य काम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको आग्रह थियो ।
हरेक वर्ष यसरी गरिने कार्यक्रमहरूले हरेक युनिटबाट हरेक व्यक्तिको प्राण बच्ने हुँदा यस्ता सरानीय कार्यहरु वडाभित्र रहेका सबै संघसंस्थाहरुले गर्ने हो भने मानव जातिको कल्याण हुने प्रमुख अतिथि अमृत तिमिल्सिनाले बताउनुभयो।
क्लबका अध्यक्ष अध्यक्ष खेमराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम क्लबका सदस्य आशिश पौडेल क्षेत्रीको संयोजकत्वमा भएको बाह्रौं खुला रक्तदान कार्यक्रमको सचिव भीमप्रसाद आचार्यले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि हार्ड रोग विषेशज्ञ डा.निरज रन्जित विशेष अतिथिहरू वडा नं -१६ का वडा सदस्य राजकुमारी बानियां र मन्जु बस्याल,वडा नं १९ का वडा सदस्य बिकास आचार्य, वडा प्रहरी कार्यालय वगरका प्रहरी सहायक निरीक्षक तारा बिक लगायतका अतिथी उपस्थिती रहनुभएको थियो ।