कास्की काँग्रेसको पर्यटन विशेषज्ञ वृत्तमा पाँच मनोनित

 

पोखरा, १३ असोज,

कास्की कांग्रेसले आइतबार पर्यटन विशेषज्ञ वृत्त मनोनित गरेको छ ।

जसमा पर्यटन व्यवसायी गणेश वहादुर भट्टराई, टिकाराम सापकोटा, संजयकान्त सिग्देल, सोम थापा र दामोदरभक्त थापा रहेका छन् । नेपाली काँग्रेस कास्कीको निर्णयानुसार कास्कीमा विशेषज्ञ वृत्त वनाउने निर्णय गरे वमोजिम नेपाली कांग्रेस कास्कीलाई आवश्यक राय, सल्लाह तथा सुझाव दिनको लागि निर्माण गरिएको विशेषज्ञ वृत्तमा समाजको विभिन्न क्षेत्रमा विज्ञता हासिल गर्नुभएका व्यक्तित्वहरुलाई समेटिएको बताएको छ । जीवनको महत्वपूर्ण समय, ज्ञान, सिप र अनुभवले खारिएका व्यक्तित्वहरुको उपस्थिती र सक्रियताले कास्की कांग्रेस थप उर्जाशिल वन्ने अपेक्षा लिएको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त वरालले वताउनुभयो । विगतमा सामाजिक क्षेत्रमा क्रियाशिल रही समाजमा सम्मानीत जीवन वनाएका उहाँहरुको अनुभवले पार्टीमा नयाँ रक्तसंचार गर्ने अपेक्षा सभापति वरालको छ ।

पार्टीले राजनीति, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, वातावरण, योजना, उद्योग वाणिज्य, सुशासन तथा प्रशासन, साहित्य, कला तथा संगित क्षेत्रलाई समेटेर विशेषज्ञ वृत्त निर्माण गरेको हो । समाजको विविध क्षेत्रमा रहेर उहाँहरुले आर्जन गर्नु भएको ज्ञान, अनुभव र विज्ञताको खाँचो र आवश्यकता पार्टीलाई सदैव छ, त्यसैले उहाँहरुको मूल्यावान समय र साथलाई फेरि पनि पार्टीले लिन चाहेको हो, सभापति वरालले वताउनुभयो । कास्कीको सामाजिक क्षेत्रमा अमूल्य समय र जीवन दिनुभएका उहाँहरुको उपस्थितीले पार्टीमा नयाँ उत्साह संचार गर्ने नेपाली कांग्रेस कास्कीका सचिव भानुभक्त ढकालले दावी गर्नुभयो । यस भन्दा अगाडी राजनीतिक विशेषज्ञ वृत्त निर्माण गरिएको थियो । साथै अन्य विशेषज्ञ वृत्तहरु क्रमशः गठन गर्दै लैजाने जानकारी पार्टी प्रवक्ता युवक लामिछानेले जानकारी दिनुभयो ।

Advertisment