कांग्रेसले बाढी पहिरो पिडितका लागी १ करोड दिने !

काठमाडौँ । नेपाली कांग्रेसले हालै परेको बाढी पहिरो पिडितका लागी सरकारको दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयां दिने भएको छ । कांग्रेस संसदिय दलको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्ना सांसदहरुको १५ दिन बराबरको पारिश्रमिक दिने भएसंगै सो रकम दिएको हो ।

मंगलबार बसेको कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ दिनको पारिश्रमिक दिने निर्णय गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिएका छन् ।

कांग्रेस पार्टीले यस अघि नै कोषमा पार्टीको तर्फबाट एक करोड दिने निर्णय गरिसकेको छ । बैठक कांग्रेस संसदिय दलका नेता सभापति शेर बहादुर देउवाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Advertisment