अर्मलाकोटमा पर्वतीय दौड प्रतियोगिताको तयारी पुरा

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलाकोटको
नवौं पर्वतीय दौड प्रतियोगिता २०८१ को सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।  माघ २१ गते सोमवार (श्रीपञ्चमी) का दिन बिहान ७ बजे पोखराको केआईसिंडं्पुल बाट सुरु भई अर्मलाकोट सम्म (करिब १२ कि.मि.)  दौड पुरा गर्न आयोजकले आग्रह गरेको छ । प्रतियोगितामा करिब एक सय जना युवा/युवतीको सहभागिता रहने भएको छ ।

दौडमा सहभागी सबैलाई मेडल, प्रमाणपत्र प्रदान गरिने भएको छ । दौडमा प्रथम हुनेले रु २५,०००, द्वितीय २०,०००,तृतीय १५,००० र  सान्त्वना १०,००० ले पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।
महिला खुल्ला तर्फको दौडमा प्रथम हुनेलाई रु २५,०००,द्वितीय २०,०००, तृतीय रु १५,००० र सान्त्वना १०,००० दिईने भएको अर्मलाकोट पर्वतिय दौड प्रतियोगिताका संयोजक जुम प्रसाद गुरूङले जानकारी दिनुभएको छ ।
वडा नं १६ का खेलाडीहरुको हकमा प्रथम हुनेलाई रु ८ हजार द्दितिय लाई ५ हजार र तृतियलाई ३ हजार र सान्त्वना १ हजार साथै दौडमा सहभागीतालाई मेडलको व्यवस्था गरिएको छ ।आयोजकले जानकारी दिएको छ ।
दौडको अतिरिक्त भलिबल भईरहेको छ भने ठेलो प्रतियोगिता समेत हुनेछ । भलिवलमा प्रथम हुनेलाई ५० हजार र द्दितियलाई ३५ हजार त्यसैगरि छेलो प्रतियोगितामा प्रथमहुनेलाई रु २० हजार र द्दितिय हुनेलाई रु १० हजार नगद सहित प्रमाणपत्रले पुरस्कृत गरिनेछ । प्रतियोगितामा खेलाडीलाई कुनै चोट पटक लागेमा एम्बुलेन्सको तयारी गरेको छ भने ठाउं, ठाउंमा आमा समुहहरु बाट स्वागत तथा पानीको ब्यवस्था गरिएको आयोजक समितीका ईश्वर जानकारी दिनुभयो । दौड प्रतियोगिताका लागी अर्मला स्थायी ठेगाना रही हाल बेलायत, Hong Kong , Japan मा रहेका महानुभावहरु बाट सहयोग आउने क्रम जारी रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । संधैंको बर्ष झैं यस बर्ष पनि श्रीपञ्चमीको अवसरमा दौड प्रतियोगिता गरिएको छ । फाईल तस्वीर 

Advertisment