पोखरा, ५ जेठ,
नेपाल आदिवासी जनजाति महासंघ नेफीन जापानको अन्तिम चरण चलिरहेको १९ औं महाधिवेसन प्रक्रिया तत्काल रोक्न गुरुङ समाज जापानले माग गरेको छ ।
गुरुङ समाज जापानले एक विज्ञप्ती जारी गर्दै १९ औं महाधिवेसनमा समाजको उम्मेदवारी अस्वीकार गर्नु नेपाल आदिवासी जनजाति महासंघको विधान २०४७ र उक्त विधान अन्तर्गत बनेको नियमावली विपरित रहेको ठहर गर्दै महाधिवेशन प्रकृया रोक्न आग्रह गरेको हो । समाजका अध्यक्ष युवराज गुरुङद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ “ तमु ह्युल छोंज धीं गुरुङ रास्ट्रिय परिषद्को आधिकारिक र एक मात्र जापान शाखा गुरुङ समाज जापानले अध्यक्ष,सचिव र सह कोषाध्यक्ष पदमा १९ औं निर्वाचन समितिको सम्पूर्ण प्रावधानहरु पुरा गरी तोकिएको दस्तुर समेत नेफिन जापानको खातामा जम्मा गरेर यहि मे १४ तारिख को दिन उम्मेदवारी दिएका थियौं । तर निर्वाचन समितिले यहि मे १५ तारिख गुरुङ समाज जापान नेपाल आदिवासी जनजाती महासंघ जापानमा आवद्द नरहेको हुँदा उम्मेदवारी दर्ता गर्न असमर्थ भएको लिखित पत्र जसमा निर्वाचन समिति को संयोजक सदस्य सचिव र सदस्य को समेत हस्ताक्षर भएको पत्र गुरुङ समाज जापानलाइ प्राप्त भयो यसले हामीलाई दुःखद तुल्याएको छ ।” विज्ञप्तीमा भनिएको छ “नेपाल आदिवासी जनजाति महसंघको विधानको अनुसूची ६ मा उल्लेख गरिएका संस्थापक सदस्य संगठनहरुको नामावलीको ७ नं मा तमू ह्युल छोंज धिं गुरुङ रास्ट्रिय परिषद रहेको उल्लेख छ । त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघको प्रवास सगंठनको नियमावली २०७९ को दफा ४ को उपदफा क मा विदेश स्थित महासंघहरुको हकमा नेपालमा आदिवासी जनजाति महासंघ आवद्ध अनुसुची ७ मा उल्लेखित जातिय सगंठनहरु मातृसंस्था मानी सोही मातृसंस्थाले आधिकारिक्ता प्रदान गरेको जातिय सदस्य सगंठनलाइ विदेश स्थित आदिवासी जनजाति महासंघमा आवद्धताको लागी योग्य मानिनेछ। भन्ने व्यवस्था समेत रहेको अवस्थामा तमू ह्युल छोंज धिं गुरुङ रास्ट्रीय परिषद, नेपालको आधिकारिक जापान शाखा गुरुङ समाज जापान भएकोले नेफिन जापानको नियमित र स्वत आबद्द संस्था हुन् आउछ । तसर्थ गुरुङ समाज जापान को उम्मेदवारी अस्वीकार गर्नु नेपाल आदिवासी जनजाति महासंघको विधान २०४७ र उक्त विधान अन्तर्गत बनेको नियमावली विपरित रहेको कुरा हाम्रो ठहर छ ।
” तमू ह्यूल छोंज धिं गुरुङ रास्ट्रीय परिषदको आधिकारीक जापान शाखाको रुपमा गुरुङ समाज जापान हो भन्ने कुराको प्रमाण र कागाजपत्रहरु समेत नेफिन जापान सचिवालय र अध्यक्ष समेतलाइ आधिकारिक रुपमा पटक पटक जानकारी गराई सकेका छौं। यस विषयमा नेपाल आदिवासी जानजाति महसंघ केन्द्रबाट गुरुङ समाज जापान नै आधिकारिक संस्था हो भनेर २ पटक नेफिन जापान लाइ जानकारी भई सकेको छ। नेपाल आदिवासी जनजाति महसंघ केन्द्र को निर्देशनको समेत अपहेलना गरी गुरुङ समाज जापान को उम्मेदवारी अस्वीकार गर्नु दुखद् र आफ्नो मातृ संस्था नेपाल आदिवासी जनजाति महासंघ केन्द्रलाई अपमान गर्नु हो भन्ने हाम्रो बुझाइ रहेको छ ।”
“नेपाल आदिवासी जनजाति महासंघको विधि विधान र नियमावली अनुसार सम्पूर्ण प्रक्रियाहरु पूर्ण भएता पनि नेफिन जापान को निर्वाचन समितिले गुरुङ समाज जापान को उम्मेदवारी दर्ता गर्न अस्वीकार गर्नुले गम्भीर प्रश्न खडा गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ जापान मा आदिवासी जनजाति आन्दोलन विरोधीहरुको कब्जा त भएको छैन ? नेफिन जापानलाइ गलत मनसाय र उद्धेश्यमा प्रयोग त् गरिएको छैन ? आदि प्रश्न हरु रहेको हुँदा १९ औं महाधिवेसनको सम्पूर्ण क्रियाकलापहरु रोकेर गुरुङ समाज जापान लाई उम्मेदवारी दर्ता गर्न वन्चित गराईएको बारे विशेष छलफल गराउन हार्दिक अनुरोध र आव्हान गर्दछौं ।” जारी विज्ञप्तीमा भनिएको छ ।




