तमु समाज जापानको माग प्रति जापानवासी आदिवासी जनजाति संघसंस्थाको ऐक्यवद्धता: जारी महाधिवेशन रोक्न आग्रह, जबर्जस्त अघि बढे त्यसबाट उत्पन्न सम्पूर्ण जिम्मेवारी निर्वाचन समितिले लिनुपर्ने 

तमु समाज जापानको माग प्रति जापानवासी आदिवासी जनजाति संघसंस्थाको ऐक्यवद्धता

पोखरा, ८ जेठ,

नेपाल आदिवासी जानजाति महासंघ नेफीन जापान को जारी १९ औं महाधिवेसनलाई लिएर गुरुङ समाज जापाले राखेको माग प्रति जापानमा क्रियाशिल आदिवासी जनजाति संग सम्बद्ध संघसंस्था तथा अगुवाहरुले ऐक्यावद्धता जनाएका छन् ।

नेफिन जापानका पुर्व अध्यक्ष सजिव राई, नेफिन चिवा क्षेत्रीय समितिका अध्यक्ष अर्मत लामा, कुस्यु क्षेत्रीय समितिका अध्यक्ष सन्तमान शाक्य, नेफिन तदर्थ समिति कान्साई संयोजक राज थिङ लामा, नेफिन जापानका पुर्व उपाध्यक्ष पेम्बा लामा, किराया जापान नेपालका वरिष्ठ उपाध्यक्ष रोशन राई र गुरुङ समाज जापानका अध्यक्ष युवराज गुरुङले सयुक्त प्रेस विज्ञप्ती जारी गर्दै गुरुङ समाज जापानले उठाएका माग जायाज रहेको भन्दै ऐक्यावद्धता जाहेर गरेका हुन् । सयुक्त जारी विज्ञप्तीमा भनिएको छ “आदिवासी जनजातिहरुको संस्कार, सस्कृति, भाषा, धर्म, भेष, भूषा, लिपि, मौलिकता, ऐतिहासिक एबम थातथलोहरुको संरक्षण गर्दै अधिकार प्राप्तिको लागी समेत सामुहिक रुपमा राज्य र सरकार समक्ष आवाज बुलन्द गर्ने उदेश्यले नेपाल आदिवासी जनजाति महासंघ केन्द्रको स्थापना वि. स. २०४७ सालमा भयो । २०४७ सालमा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघको जिल्ला शाका, नगर शाखा हुँदै यस संस्थाले विदेशमा जहा आदिवासी जनजातिहरुको उपस्थिति थियो त्यस ठाँउहरुमा नेपाल आदिवासी जनजाती माहासंघ विदेश शाखाहरु स्थापना गर्ने नीतिको विकाश गर्यो । त्यस अनुरुप जापानमा वि.स. २०५६ त्यसअनुसार १९९९ मा नेपाल आदिवासी जानजाति महासंघ जापान स्थापना भयो । १९९९ मा स्थापित नेपाल आदिवासी जानजाति महासंघ नेफीन जापान ले अहिले १९ औं महाधिवेसन गरी नया सचिवालय गठन गर्ने प्रक्रियामा रहेको छ । नेफिन जापान को १९ औं महाधिवेसन बारे नेफिन जापान को क्षेत्रीय समितिहरुलाइ जानकारी नदिएको र वेखबरको विच महाधिवेसन गराउने प्रयास र नेपाल आदिवासी जनजाति महासंघ केन्द्रको पटक पटक को निर्देशनलाइ अटेर गरी विधि विधान विपरित जबर्जस्त महाधिवेसन गरी आफु अनुकुल को व्यक्ति लाइ अध्यक्ष बनाउने कोशिस भएको छ त्यस प्रति हाम्रो गम्भीर ध्यानाकर्सण भएको छ । नेपाल आदिवासी जनजाती महासंघ को विधि विधान भन्दा बाहिर गएर आफुले रुचाएको व्यक्ति नेफिन जापान को अध्यक्ष बनाउन खोज्नु दुःखद पक्ष हो, यो आदिवासी जनजाति महासंघ प्रति घात हो र आदिवासी जनजाति आन्दोलनलाइ निस्तेज पार्ने दुस्प्रयास पनि हो त्यसैले यो विधि विधान विपरित र विधान ले नचिन्ने अमुख पात्रलाइ अध्यक्ष बनाइनु खोज्नु ऐतिहासिक भूल हुने हाम्रो ठम्याई रहेको छ ।” “महाधिवेसन को बेला अवसरवादी तथा नेपाल आदिवासी जनजाति महासंघलाइ क्षत विक्षत पार्न खोज्ने पहिचान विरोधी तत्वहरु सलबलाउनु कुनै नौलो कुरा होइन यो कुचेष्टालाइ आदिवासी जनजाति अभियन्ता, न्यायप्रेमी दाजु भाइ एबम नेपाल आदिवासी जनजाति महासंघ को भलो चाहाने सबै एक जुट भई पदलिप्सा र अवसरवादीहरुलाई परास्त गर्न आजको आवश्यकता भएकोले सम्पूर्ण आदिवासी जनजाति अभियन्ताहरुमा एक ढिक्का भएर सत्यको पक्षमा दह्रो गरी उभिनलाइ हार्दिक अपील गर्दै १९औं महाधिवेसन संग सम्बन्धित सम्पूर्ण प्रक्रिया तत्काल रोकेर नेपाल आदिवासी जनजाति महासंघ को विधान ले चिन्ने संस्थाहरुविच छलफल गराई महाधिवेसन को बाँकी प्रक्रिया बढाउनलाइ अनुरोध गर्दछौं । विधान विपरित प्रक्रियाहरु जबर्जस्त अघि बढाएमा त्यसबाट उत्पन्न सम्पूर्ण परिस्थितिहरुको जिम्मा अहिलेको निर्वाचन समिति जवाफ देहि हुनु पर्ने छ ।” प्रेषित विज्ञप्तीमा भनिएको छ ।

Advertisment