पोखरा । ५२औं विश्व वातावरण दिवसको अवसरमा ‘प्लास्टिक न्यूनीकरण, हाम्रो दायित्व/ Ending Plastic Pollution मूल नाराका साथ अलैँची रोपण कार्यक्रम ‘अन्नपूर्ण ७ तान्चोक कोट गाउंको चथल भन्ने स्थानमा सम्पन्न भएको छ । 
कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले अलैंची बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले अलैंची खेतीको प्रवर्द्धन र संरक्षण गर्दै यस कार्यले थोरै मात्र भए पनि स्थानिय तहबाट आयआर्जन र रोजगारीमा टेवा पुग्ने बिश्वास ब्यक्त गरिएको थियो । 
अलैंची खेती सुरुवातले नेपालमावबसेर केही हुन्न भन्नेलाई उदाहरण पेश गरिएको र यसको पक्षमा आफु हरपल लाग्ने प्रतिबद्धता व्यक्त गर्दै सफलताको शुभकामना दिनुभएको थियो । 
हाललाई गाउँमा बाँझो रहेको खेती योग्य झन्डै एक हजार रोपनी जमीनमा अलैँची खेती गर्ने उद्देश्यले अलैँची रोपण कार्यक्रम आयोजना गरिएको अभियानमा सकृय सिता गुरुङले जानकारी दिनुभयो । 
तान्चोककोट नौजे पैँगिलामा परिवारका अध्यक्ष कप्तान घरमबल गुरुङको अध्यक्षतमा सम्पन्न कार्यक्रममा युवा नेता राज बहादुर गुरुङ, अन्नपूर्ण ७ वडा सदस्य गौप्रसाद गुरुङ, पंगिलामा परिवारको पूर्व अध्यक्ष क्या जय बहादुर गुरुङ, स्थानिय चिजकाजी गुरुङ, अलैंची खेती किसान सदस्य हनुमान तामाङले शुभकामना मन्तब्य राख्नु भएको उक्त कार्यक्रम महिला उद्यमी सामाजिक अभियन्ता सीता गुरुले सञ्चालन गर्नुभएको थियो। 
टाक्सफोर्स नेपालको सञ्चालकतमु विद्यार्थी छोंज धीं केन्द्रिय महासचिवकोनेतृत्वमा ४० जना, प्रधान मन्त्री कृषि आधुनिकरण कार्यालय कास्की वरिष्ठ कार्यालय प्रमुख, वडा अध्यक्ष भरतमन गुरुङ, तानचोक माझगाउँ आधारभूत विद्यालय प्रधानाध्यापक तारा प्रसाद गुरुङ अन्नपूर्ण संरक्षण क्षेत्रको प्रतिनिधि गरि करिब १५० जनाको उपस्थितिमा ५ हजार अलैँची बिरुवा रोपेर कार्यक्रम सम्पन्न थियो ।
अलैंची खेती अहिलेलाई एक हजार रोपनी जग्गामा झण्डै १ लाख २० हजार रोपनी अलैँची बिरुवा रोप्ने लक्ष्य रहेको अभियान्ता सिता गुरुङले जानकारी दिनुभएको थियो ।




