त्रिवेणी कलेजमा व्यवसायी र विद्यार्थी बिच अन्तरक्रिया

पोखरा । त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ ले सफल व्यवसायी र विद्यार्थीहरुका विच शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै सफल व्यवसायी नारायण प्रसाद पौडेलले विदेशमा सिप सिकेर आफ्नो मातृभूमिलाई पछ्याउँदै नेपालमा फर्केर व्यवसाय संचालन गरेको बताउनु भयो ।

उहाँले जापानको लामो बसाईपछि नेपालमै केही गरौ भन्ने उदेश्ले फर्केर शिक्षा, अटो र स्वास्थ्य क्षेत्रमा लगानी गरेको उल्लेख गर्नु भयो । उहाँले नेपालमै उद्यमशिलताको संभावना रहेको स्पष्ट पार्दै, त्यसका लागि आवश्यक जनशक्तिलाई व्यवस्थापन गर्न सकिने बताउनु भयो । उहाँले नयाँ योजनाका साथ आउने बिद्यार्थीलाई सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । सवै व्यवसायी एकै चोटी सफल नहुने उल्लेख गर्दै व्यवसायी पौडेलले स—सानो लगानीबाट व्यवसायी शुरु गर्न आग्रह गर्नु भयो । पौडेलको मणिपाल शिक्षण अस्पताल, प्रतिभा मा.वि र अटोवेजमा संलग्नता रहेको छ ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष एवं व्यवसायी छत्रधर आत्रेयले सानो पूँजिबाट शुरु गरेका व्यबसायी सफल भएको बताउँदै, लगानीमा योजना आवश्यक रहेको बताउनु भयो ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष सुमन भट्टराईले कलेजले विद्यार्थीहरुलाई विभिन्न समयमा फरक क्षेत्रमा सफल व्यक्तिको अनुभव शेयरिङ गर्दै आएको बताउनु भयो । अध्यक्ष भट्टराईले विद्यार्थीलाई एकेडेमिक कोर्ष बाहेक सफल व्यवसायीको अनुभवले अध्ययनमा थप सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा कलेजका निर्देशक बलराम ढकाल, क्याम्पस प्रमुख यदुराज आचार्य, सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल लगायतले बोल्नु भएको थियो । त्यस अवसरमा विद्यार्थीले व्यवसाय र सफलताका बारेमा विभिन्न जिज्ञासा राखेका थिए ।

कलेजले पछिल्लो समय विभिन्न पेशा तथा व्यवसायमा सफल व्यक्ति र विद्यार्थीका विच अन्तरक्रिया गर्दै आएको छ । कलेजमा व्यवस्थापन संकाय तर्फ स्नातक र स्नाकोत्तर तर्फ झण्डै ६ सय विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

Advertisment