पोखरा । पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन जारी रहेको छ । श्रीमदवीतकको १२ औं दिन सम्म आइपुग्दा भक्तजनहरुको समेत भीड लाग्ने गरेको छ । आगामी श्रावण ३१ गते श्रीकृष्ण जन्माष्टमी सम्म सञ्चालन हुने श्रीमदवीतक चर्चामा प्रतिष्ठित ब्याक्ति संगै उच्च तहका ब्याक्तिहरुले समेत सहभागीता जनाउदै आएका छन ।
शनिवार श्रीमदवीतक चर्चाकै बीच श्रीकृष्ण प्रणामी मन्दिरमा पुगेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबावु ओलियाले धार्मिक कार्यमा संलग्न हुने मान्छे अपराधमा संलग्न नहुने बताए ।
ओलयाले भने “जो मान्छे धार्मिक कार्यमा संलग्न छ अपराधमा संलग्न हुदैन अपराध नै गर्दैन, जो मान्छेको धार्मिक गतिविधीमा आस्था छ उसले बिकृति विसंगतिमा लाग्दैन” अहिले जिल्ला प्रहरी कार्यालयमा आजको दिनमा सय जना भन्दा बढी थुनुवा रहेको र समाजमा अवान्छित गतिविधी गरेकै कारण उनीहरुले कारबाहीको भागीदार भएकाले उनीहरुका लागि समेत यस्ता धार्मिक कार्यक्रमले ठूलो महत्व राख्ने उनको भनाइ रहेको थियो । सत्संगमा सहभागी भएको खण्डमा मन शान्त हुने घरमा कल झगडा नहुने उनको भनाइ थियो ।
सो अवसरमा वोल्दै धर्म प्रचारिका जमुना सुवेदीले श्रीकृष्ण अष्टमीको अवसरमा श्रीकृष्ण मन्दिरमा आयोजना हुने श्रीमदवीतक चर्चामा सहभागी भइ प्रवचन सुुनेको खण्डमा मनमा शान्त हुने र सत्मार्गमा लाग्न प्रेरित गर्ने बताइन । श्रीमदवीतकको १२ औं दिन सम्म आइपुग्दा हजारौ भक्तजनहरुको सहभागीता रहेको र कार्यक्रमका लागि सहयोग आउने क्रम समेत जारी रहेको श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।
शनिवार श्रीमदवीतक चर्चामा बृन्दाबन धाम पोखरा २७ डाँडानाकका प्रमुख विष्णु वशिष्ठ महाराज, श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रिय सदस्य पुरुषोत्तम रेग्मी, जिल्ला अध्यक्ष कृष्ण प्रसाद ढुंगाना, संस्थापक पं कमल लामिछाने, कार्यक्रम संयोजक केशव प्रसाद बराल, घनश्याम बानियाँ, तारा कोइराला लगायतको उपस्थिती रहेको थियोभने शनिवारनै मेलाकर्ताहरु सीता गिरी, ज्ञानु गिरी, कृष्ण पुरी, जमुना पुरी, शारदा पराजुली, तिलु पुरी, सरस्वती हमाल लगायतले नगद सहयोग गरेको समितिका सचिव लक्ष्मण बरालले जानकारी दिए । बरालका अनुसार प्रत्येक दिन श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दु बाट संगीतमय कथा प्रवचन भइरहेको छभने संगीतमय कथा प्रवचनमा गायक तथा बाध्यवाधक सुनिल राइ र अनुपम भुजेलले साथ दिइरहेका छन ।



