पोखरा, नेपाली काँग्रेस कास्कीमा लामो समयदेखि कृयाशिल शंकर देबकोटालाई पत्नी शोक परेको छ। निरन्तर नेपाली कांग्रेसमा क्रियाशील देवकोटा पोखरा बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्ष सहित तत्कालिन अब्यबस्थित तथा सुकुम्बासी आयोगको अध्यक्ष भई काम गरेका थिए।
देवकोटाका दुई श्रीमती मध्ये जेठी श्रीमतीको पहिला नै निधन भएकोमा कान्छी मिना देबकोटाको हाल निधन भएको हो । ७८ बर्षीय मिना देबकोटा केहि समयदेखि बिरामी परेकी थिईन।
पोखरा महानगरपालिका -०९ दरबारथोक, नयाँबजारमा बस्दै आएका देवकोटाकी धर्मपत्नी देबकोटाको उपचारको क्रममा आइतबार काठमाडौँमा निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ।
स्व. मिना देवकोटाका दुई जना छोराहरु रहेकोमा उनीहरु नेपाल बाहिर बस्दै आएको भएपनि हाल पोखरा आएको छन। स्वर्गीय देबकोटाको अन्तेष्टि सोमबार बिहान सेती नदीको तुलसीघाटमा गरिने भएको नेपाली काँग्रेस पोखरा महानगरपालिका -९ का सभापति शिबप्रसाद बाँस्तोलाले जानकारी दिए।



