युआरएल बाट ४ सय जनाको निशुल्क स्वास्थ्य जाँच

पोखरा । ल्याबको क्षेत्रमा बिशेष योगदान दिंदै आएको पोखराको प्रतिष्ठित कम्पनी युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले शनिबार पोखराका २ स्थानमा भएको शिविरमा करिब चार सय जनाको निशुल्क रक्त परीक्षण गरेको छ ।

सहयात्री बचत तथा ऋण सहकारीको साधारणसभामा भएको शिविमार २ सय पाँच जनाको सित्तैमा मधुमेह र रगतमा हुने खराब बोसो (टिजी)सम्बन्धी जाँच गरिएको हो ।
यस्तै, नवीन बचत तथा ऋण सहकारीको १९ औं साधारणसभा आयोजित शिविरमा १ सय ८० जनाको सित्तैमा रक्त परीक्षण गरिएको छ । शिविरमा थाइराइड (टिएसएच) र क्रेटिनाइन (मिर्गौला सम्बन्धी रक्त जाँच) निशुल्क गरिएको जानकारी प्राप्त भएको छ ।

१२ वर्षअघि पोखरामा स्थापना भएको युआरएल गण्डकी प्रदेशको एकमात्र आइएसओ प्रमाणित रेफरेन्स ल्याब हो ।
युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थले १२ वर्षको अवधिमा युआरएल आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी २ सय ९ निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिनुभयो ।

यो अवधिमा साढे ३ लाख जनाले शिविरबाट निशुल्क रगत जाँच सुविधा लिईयकेको अध्यक्ष पन्थले जानकारी दिनुभएको छ ।

Advertisment