काँग्रेसको चुनावी सभा पोखरामा हुने, सभापति थापा र उपसभापति शर्माले सम्बोधन गर्दै

पोखरा । नेपाली काँग्रेस कास्कीले पोखरामा बिशाल चुनाबीसभा गरि शक्ति प्रदर्शन गर्ने भएको छ । फागुन १५ गते पोखराको अमरसिंहचौरमा गरिने चुनावी सभालाई पार्टीका सभापति गगन थापा र उपसभापति विश्व प्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको कास्की कांग्रेसका उपसभापति युवराज कुंवरले जानकारी दिएको छ ।

नेपाली काँग्रेसका महासमिति सदस्य दीपक गुरुङ माइलाको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा माया बराल क्षेत्री , दुर्गा लामिछाने, मदन बस्नेत, पुजन थकाली, विजय गुरुङ र मेख तामाङ रहनु भएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्कीका तीन निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १ मा तिलक रानाभाट, क्षेत्र नं २ मा माधव प्रसाद बास्तोला मधु र क्षेत्र नं ३ मा मनोज गुरुङ र समानुपातिक तर्फ आई बहादुर गुरुङ उम्मेद्वार रहेकाछन । यसैगरि रास्वपाले फागुन ११ गते गर्ने भनिएको चुनाबीसभा स्थगित भएको छ भने नेकपा एमालेले अहिलेसम्म घोषणा गरिएको छैन ।

Advertisment