जनआस्थाका सम्पादक तथा पत्रकार किशोर श्रेष्ठ पक्राउ, सर्वत्र खेद प्रकट

युनाईटेड खबर समाचारदाता

काठमाडौँ — जनआस्था साप्ताहिकका सम्पादक तथा पत्रकार किशोर श्रेष्ठ वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरमा पक्राउ परेका छन्। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार साँझ ललितपुरस्थित निवासबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार श्रेष्ठविरुद्ध एक सर्वसाधारणले आफ्नो गोपनीयता भङ्ग हुने गरी तस्बिर सार्वजनिक गरेको भन्दै उजुरी दिएका थिए। सोही उजुरीका आधारमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलिप घिमिरेका अनुसार श्रेष्ठले सम्पादन गर्दै आएको सञ्चारमाध्यममा प्रकाशित तस्बिरलाई लिएर परेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको छ।

हाल जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएका श्रेष्ठलाई म्याद थप र कानूनी प्रक्रियाका लागि बिहीबार अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

Advertisment