पोखरा,१० बैशाख । पोखरा महानगरपालिका वडा नं ६ बैदाममा रहेको
नमुना आमा समुहले नेपाली नयाँवर्षको अवसरमा आज एक कार्यक्रम आयोजना
गरी २०८० सालको क्यालेन्डर विमोचन सहिनत शुभकामना आदान प्रदान गरेको छ ।
पोखरा महानगरपालिका वडा नं ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईको
प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा वडाध्यक्ष भट्टराईले
नयाँवर्षले सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धि हासिल हुने विश्वास व्यक्त गरे ।
उनले भने, “२०७९ सालमा देशले आर्थिक लगायत धेरै संकट भोग्नु
परेको छ । नयाँ वर्ष त्यस्तो नहोस् । देशमा आर्थिक उन्नयन, समृद्धि र जनताको
मुहारमा सँधै खुशी नयाँ वर्षमा हुनेछ भन्ने विश्वास छ ।” बैदाम क्षेत्र
पर्यटकीय क्षेत्र भएकोले यस क्षेत्रको प्रचार प्रसारमा आमा समुहहरुको महत्वपूण
भुमिका रहने बताए ।
वडाध्यक्ष भट्टराईले नमुना आमा समुह वडामै उत्कृष्ट आमा समुहको रुपमा
रहेको बताउदै, नमुना आमा समुहले गरेको सामाजिक कार्यको अन्य सबैले अनुसरण
गर्न उनले आग्रह गरे ।
नमुना आमा समुहका अध्यक्ष जुना अधिकारीले संस्थाले सरसफाई
कार्यक्रम, महिलाहरुको क्षमता विकास, आयआर्जनमा सहयोगी, स्वास्थ्य सामग्री वितरण
लगायतका काम गरेको बताइन् । अध्यक्ष अधिकारीले वडामा रहेका सघ संस्थाहरुको
कुनै पनि कार्यक्रम आमा समुह विना सफल नहुने जिकिर गर्दै, समुहलाई सहयोग
गर्ने सवालमा संघसंस्थाहरुबाटै पक्षपात पुर्ण ब्यवहार हुने गरेको दुखेसो पोखिन ।
उनले आगामी दिनमा वडा कार्यालय सँग सहकार्य गरेर क्षमता विकासका कार्यक्रम गनेर्
योजना रहेको बताइन् ।
कार्यक्रममा वडा सदस्य दीपेन्द्र पहारी, वडा सदस्य पबित्रा थापा, वडा सदस्य
शोभा जलारी, वासु बराल, सल्लाहकार एवं हिमाली आवाज साप्ताहिकका पत्रकार गणेश
पहारी, निर्वतमान अध्यक्ष अम्बिका अधिकारी संस्थापक अध्यय मिठु देवी
अधिकारी,सल्लाहाकार नर्मला कडेल,सल्लाहाकार लिलाधर अधिकारी, सल्लाहाकार
तारादेवी पहारी, , लगायतले समुहले समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै
शुभकामना मनतब्य राखेका थिए । कार्यक्रममा नमुना आमा समुहका उपाध्यक्ष
सकुन्तला अधिकारी स्वागत र सञ्चालन सचिव अम्बिका पहारी आर्चायले गरेकी थिइन् ।
बैदामका आमा समुहको नयाँ क्यालेन्डर विमोचन
April 24, 2023
492
Advertisment



