पोखरा, ३१ असार । नेपाली कांग्रेसको भातृसंस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष जितबहादुर गुरुङलाई मातृशोक परेको छ। उहाँकी ममतामयी माता डिलसुबा (दिलसुबा) गुरुङको ९० वर्षको उमेरमा मंगलबार (असार ३० गते) बिहान ७ बजे असामयिक निधन भएको हो।
स्वर्गीय गुरुङका जेठा छोरा बुद्धिबहादुर गुरुङ, साईंला छोरा जितबहादुर गुरुङ र कान्छा छोरा विष्णुबहादुर गुरुङ गरी तीन छोराहरू हुनुहुन्छ।
यसैबिच तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीका अध्यक्ष सीता गुरुङले एक शोक वक्तव्य जारी गर्दै तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद गण्डकी प्रदेश प्रमुख जित बहादुर गुरुडको ममतामयी माताको दुःखद निधन भएकोमा शोक बक्तब्य जारी गर्दै यस घडीमा स्वर्गीय आमाको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ। साथै, उहाँले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गर्नुभएको छ।
आज अन्त्येष्टि गरिने
पारिवारिक स्रोतका अनुसार स्वर्गीय आमाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा-११ स्थित प्येल्हु संघमा राखिएको छ। उहाँको अन्तिम दाहसंस्कार आज बुधबार (असार ३१ गते) मध्यान्ह १२ बजे पोखराको सेती नदी (घाट) मा गरिने जानकारी गराइएको छ।




