पोखरामा ८० औं भारतीय स्वतन्त्रता दिवस भव्य रूपमा सम्पन्न, कर्णल साहुबाट ध्वजावत्तोलन

राज बहादुर गुरुड, कास्की । भारतीय दूतावास पेन्सन वितरण कार्यालय, पोखराले ८० औं भारतीय स्वतन्त्रता दिवस (१५ अगस्ट) विविध सांस्कृतिक तथा औपचारिक कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ।
कार्यक्रमको शुभारम्भ पेन्सन वितरण कार्यालय पोखराका प्रमुख लेफ्टिनेन्ट कर्नल चितरंनजन साहुले भारतीय राष्ट्रिय ध्वजावत्तोलन गरी गर्नुभएको थियो।

समारोहमा नेपाल र भारतका विभिन्न परम्परागत तथा सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएका थिए, जसले दुई देशबीचको गहिरो सांस्कृतिक सम्बन्ध र एकतालाई झल्काएको थियो।

कार्यक्रमका अवसरमा नेपाल–भारत मैत्री विद्यालय, पोखराका उत्कृष्ट अंक ल्याउन सफल तथा जेहेन्दार विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। पोखराका प्रतिष्ठित शिक्षाविद् जर्ज जोन तथा ब्रिटिश आर्मीका पूर्व कर्नल जे.बी. क्रसले विद्यार्थीहरूलाई पुरस्कार, पदक तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो।

कार्यक्रममा गण्डकी प्रदेशमा रहेका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। समारोह पश्चात् ठूलो संख्यामा उपस्थित भूपू सैनिक, तिनका सन्तति तथा पोखरामा बसोबास गर्दै आएका भारतीय मूलका नागरिकहरूका लागि जलपान (खाजा) को समेत व्यवस्था गरिएको पिआर अफिसर भुषण पाण्डेले जानकारी दिनुभएको छ ।

१५ अगस्ट (स्वतन्त्रता दिवस) को ऐतिहासिक महत्व

सन् १९४७ अगस्ट १५ का दिन भारतले शताब्दीऔं लामो ब्रिटिश औपनिवेशिक शासनबाट मुक्ति पाएको थियो। त्यसैले यो दिनलाई भारतले आफ्नो सार्वभौमसत्ता, लोकतन्त्र र त्यागको प्रतीकका रूपमा मनाउँदै आएको छ।

 सार्वभौमसत्ताको प्रतीक: यो दिनले भारतीय जनताको आत्मनिर्णयको अधिकार र स्वतन्त्र भारतको उदयलाई जनाउँछ।

 वीर शहीदहरूप्रति श्रद्धाञ्जली: महात्मा गान्धी, भगत सिंह, Subhash Chandra Bose लगायत अनगिन्ती स्वतन्त्रता सेनानीहरूको बलिदान र संघर्षलाई स्मरण गर्ने अवसरको रूपमा यो दिनलाई लिइन्छ।

 नेपाल–भारत सम्बन्धको जग: स्वतन्त्रता दिवस केवल भारतको उत्सव मात्र नभई छिमेकी देश नेपालसँगको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउने माध्यम पनि बनेको छ। पोखरा जस्ता सहरमा आयोजना हुने यस्ता कार्यक्रमहरूले भूपू सैनिकहरूको योगदानको कदर गर्दै दुई देशका जनताबीचको आपसी सम्बन्ध र भ्रातृत्वलाई अझ प्रगाढ बनाउन मद्दत पुर्‍याउँछन्।

Advertisment