पूर्वमन्त्री प्रकाशबहादुर गुरुङको सशस्त्र प्रहरीद्वारा अन्तिम सलामी अर्पण गर्दै अन्त्येष्टि

पोखरा। नेपाली कांग्रेसका नेता एवं पूर्वसहायक मन्त्री प्रकाशबहादुर गुरुङको आज पोखराको रामघाटस्थित बौद्ध अर्घौं सदनमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ। केही समयदेखि अस्वस्थ रहनुभएका ७२ वर्षीय गुरुङको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

अन्त्येष्टिअघि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पोखराको चिप्लेढुङ्गास्थित नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा राखिएको थियो। सो क्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गर्नुभएको थियो। श्रद्धाञ्जली सभामा कांग्रेस कास्कीका जिल्ला सभापति किशोरदत्त बरालसहित विभिन्न तहका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको कांग्रेस युवा नेता राज बहादुर गुरुङले जानकारी दिनुभयो ।

त्यसअघि उहाँको निवासमै पुगेर नेपाली कांग्रेसका पूर्व सह-महामन्त्री एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत लगायतका केन्द्रीय नेताहरूले श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको थियो।

पार्टी कार्यालयबाट शव यात्रासहित पार्थिव शरीरलाई रामघाटस्थित बौद्ध अर्घौं सदनमा पुर्‍याइएको थियो। त्यहाँ नेपाल सरकारको तर्फबाट सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीले उहाँको सम्मानमा अन्तिम बिदाइ सलामी अर्पण गरेको थियो।  त्यसपछि बौद्ध धर्मगुरुहरू र उहाँका छोरा संस्कार गुरुङले दागबत्ती दिएका थिए। अन्तिम दाहसंस्कारमा उहाँकी  (दिदीबहिनी, ज्वाईं ), भाइखलकका सदस्यहरु, सांसद सरस्वती गुरुड, पुर्ब सांसद मानबहादुर गुरुङ, तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमु, बिभिन्न तिनिधि तथा सर्वसाधारणको ठूलो संख्यामा उपस्थिति रहेको थियो।

प्राध्यापन छाडेर राजनीतिमा सक्रिय

कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुकका गोलमान साहुका नाति तथा मीनबहादुर गुरुङका छोरा प्रकाशबहादुर राजनीतिमा प्रवेश गर्नुअघि अध्यापन पेसामा संलग्न हुनुहुन्थ्यो। उहाँले पृथ्वीनारायण क्याम्पसमा करिब साढे १५ वर्ष प्राध्यापन गर्नुभएको थियो। सरकारी सेवाको पेन्सन अवधि निस्कन केही समय मात्र बाँकी रहँदा उहाँ प्राध्यापन छाडेर नेपाली कांग्रेसको सक्रिय राजनीतिमा होमिनुभएको थियो। श्रीमती चन्द्रावती गुरुड भने नर्सिड पेशामा आवद्द हुनुहुन्छ ।

२०५६ को प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले) का नेता सोमनाथ अधिकारी ‘प्यासी’लाई पराजित गर्दै उहाँ सांसद निर्वाचित हुनुभएको थियो। पछि २०५८ सालमा शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा उहाँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहायक मन्त्री बन्नुभएको थियो। २०६४ को संविधानसभाको निर्वाचनमा भने माओबादीका दुर्गा बिक संग पराजित हुनुभयो । वहांको ३ दिनको पुजा (स्योमे क्यै) १६ गते बिहान वहांकै निवासमा नजिकका भाई खलक र चेलीबेटी मात्र उपस्थित भई गरिने भएको छ भने अर्घुं (उम्कने) कार्जेको सुचना पछि दिईने पारिवारिक सदस्य एवं नेपाली कांग्रेसका युवा नेता ललित गुरुडले जानकारी दिनुभएको छ ।

पुर्ब अर्थमन्त्री डां प्रकाशशरण महत

कर्मा गुरुड

हरिमाया गुरुड

Advertisment