काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन आईतबारबाट सुरु हुने भएको छ । काठमाडौंको खुलामञ्चमा हुन लागेको महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू आउने क्रम सुरु भएको छ ।
देशभरका केही क्षेत्रमा अझै अधिवेशन सम्पन्न हुन बांकी रहेतापनि भोली बिहान सम्म सबै जिल्लामा सकेर बेलुका सम्म प्रतिनिधिहरू काठमाडौं आइपुग्ने कांग्रेसले बिश्वास लिएको छ ।
यसैबीच महाधिवेशन प्रतिनिधिहरूको रजिस्ट्रेशन कार्य सुरु भइसकेको छ । यसबारे शनिबार दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेसले तयारी लगभग पूरा भएको जानकारी गराएको छ ।
महाधिवेशनमा सहभागी हुने केन्द्रीय प्रतिनिधिहरूको तीन हजार पाँच सय तिरेर रजिस्ट्रेशन गर्नुपर्ने प्रावधान अघि सारेको छ ।रजिस्टेशनपछि प्रत्येक प्रतिनिधिलाई पार्टीले एउटा झोला दिएको छ । प्रवक्ता देबराज चालिसेका अनुसार, उक्त झोला बोकेको मान्छे महाधिवेशनको प्रतिनिधि हो भनेर चिन्न सहज हुने दाबी गर्नुभएको छ ।
यसअघिका महाधिवेशनहरुमा पनि झोलामा विधान, डायरी, डटपेन, खाना, खाजा र नास्ताको लागि कुपन र प्रतिनिधि कार्ड राखिएको हुने गर्थ्यो ।
महाधिवेशन सम्पन्न गर्नका लागी मुलुक भित्रका मात्रै नभई बिदेश स्थित जनसम्पर्क समितीहरु बाट समेत महाधिवेशन प्रतिनिधीको आउने क्रम जारी रहेको छ ।



