पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाको आयोजनामा ‘मेजर लक्ष्मी प्रसाद र हुम कुमारी गुरुङ MVO, BEM, 2|2 GR युवा पत्रकारिता पुरस्कार–२०८३’ वितरण कार्यक्रम सम्पन्न भएको छ। बिहीबार (मंसिर ३ गते) पोखरा–९, नयाँबजारस्थित तमु धिं नेपालको सभाहलमा आयोजित समारोहमा पत्रकार सुमन थापा सिञ्जालीमगरलाई उक्त पुरस्कार प्रदान गरिएको हो। 
मेजर लक्ष्मी प्रसाद र हुम कुमारी गुरुङको वैवाहिक वर्षगाँठको अवसरमा स्थापित यो पुरस्कार पत्रकारिता क्षेत्रमा क्रियाशील युवा पत्रकारको योगदानको कदर गर्दै प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले मेजर लक्ष्मी प्रसाद गुरुङले समाजमा पुर्याउनुभएको अतुलनीय योगदान पुरया्एको भन्दै चर्चा गर्नुभयो। उहाँले पत्रकारिता क्षेत्रले समाज परिवर्तनमा खेलेको भूमिकाको प्रशंसा गर्दै पुरस्कृत पत्रकारलाई बधाई ज्ञापन गर्नुभयो।
पुरस्कृत व्यक्तित्व पत्रकार सुमन थापा मगरले समाज र राष्ट्रको सेवामा पत्रकारितामार्फत निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। आफूलाई यस पुरस्कारबाट सम्मानित गरेकोमा उहाँले आयोजक तथा संस्थाप्रति खुसी र आभार व्यक्त गर्नुभयो।
कास्कीलाई कर्मथलो बनाएर विसं २०६८ देखि पत्रकारितामा सक्रिय सुमन सिञ्जालीमगरले युनाइटेड राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गर्नुभएको हो । उहाँले जननी एफएम, बिग एफएम, परिचय डटकम, गन्थन डटकम, समाधान राष्ट्रिय दैनिक र कथालिका डटकमलगायत सञ्चारमाध्यममा काम गरिसक्नुभएको छ ।
पत्रकारिता विषयमा स्नातक तहको अध्ययन पूरा गर्नुभएकी उहाँले रेडियो, अनलाइन र छापा पत्रकारितामा अनुभव हासिल गर्नुभएको छ । हाल पनि पत्रकारितामा सक्रिय उहाँ फोनिज गण्डकी र नेपाल मगर पत्रकार सङ्घ कास्कीको कोषाध्यक्ष हुनुहुन्छ ।
फोनिज कास्कीका अध्यक्ष बिनु थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा
पुरस्कारका अक्षयकोषदाता मेजर लक्ष्मीप्रसाद गुरुङले पत्रकारिता क्षेत्रसँग जोडिन पाउँदा खुसी लागेको बताउनुहुंदै पुरस्कार तथा सम्मानले सम्बन्धित क्षेत्रका व्यक्तिलाई प्रोत्साहन मिल्ने भन्दै उहाँले आगामी दिनमा अक्षयकोष वृद्धि गरी पुरस्कार राशि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीषमगरको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिमा फोनिज गण्डकीका अध्यक्ष खिमकुमारी गुरुङ, उपाध्यक्ष धनबहादुर गुरुङ (सुमन), फोनिज कास्कीका अध्यक्ष बिनाकुमारी थापामगर र सचिव देविका तामाङ सदस्य रहनुभएको थियो ।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल,कास्कीका अध्यक्ष माधव बरालले शुभकामना मन्तब्य दिईएको कार्यक्रमको फोनिज कास्कीका अध्यक्ष बिनाकुमारी थापामगरले अध्यक्षता, स्वागत सुशील श्रेष्ठ र सन्चालन सचिव देविका तामाङले सञ्चालन गर्नुभएको थियो । नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य राज बहादुर गुरुड,फोनिजका केन्द्रिय सचिव एमबि आस्थामगर, गण्डकी अध्यक्ष खिमा गुरुङ, संस्थापक अध्यक्ष रुद्रबहादुर हितामगर, मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापामगर, लगायतको सहभागिता रहेको कार्यक्रममा तमु विद्यार्थी समिति कास्कीका सदस्यबाट सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।




