पोखरामा ‘दिव्यनयन आँखा घर क्लिनिक’ को विधिवत उद्घाटन

युनाईटेड खबर समाचारदाता, पोखरा । पोखराको न्युरोड (भाटभटेनी सुपरमार्केटको पारिपट्टि) मा स्थापित ‘दिव्यनयन आँखा घर प्रा. लि. (क्लिनिक)’ को विधिवत उद्घाटन गरिएको छ। २०८३ मङ्सिर ५ गते (२१ नोभेम्बर २०२६) आयोजित विशेष समारोहमा Ex-WO2 QGS हेम बहादुर गुरुङ ले क्लिनिकको उद्घाटन गर्नुभएको हो।

करिब चार दशक लामो ब्रिटिस गोर्खा सेवाको अनुभव बोक्नुभएका हेम बहादुर गुरुङद्दारा उद्घाटन गरिएको कार्यक्रममा पोखराका विभिन्न तह र क्षेत्रका मान्यजन तथा भद्रभलाद्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कर्निया विशेषज्ञ तथा फाको सर्जन (Cornea Specialist & Phaco Surgeon) डा. अनिल गुरुङ द्वारा स्थापित सो क्लिनिकले आँखासम्बन्धी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेको छ। उद्घाटन कार्यक्रममा बोल्दै डा. अनिल गुरुङले मानिसको जीवनसँग अत्यन्तै संवेदनशील अंग आँखाको उपचारमा जोडिन पाउँदा र आँखा क्लिनिकको रूपमा सेवा केन्द्र स्थापना गर्न पाउँदा आफू अत्यन्तै खुसी भएको बताउनुभयो।

निकै ठूलो लगानीमा स्थापना गरिएको ‘दिव्यनयन आँखा घर क्लिनिक’ ले गण्डकी प्रदेशका साथै पोखरा र आसपासका बासिन्दालाई सहज तथा विश्वसनीय आँखा उपचार सेवा पुर्‍याउने अपेक्षा गरिएको छ। दिव्यनयन आँखा घर प्रा. लि. क्लिनिकको सञ्चालक आँखा विशेषज्ञ डा. अनिल गुरुङ हुनुहुन्छ भने यो पोखराको भाटभटेनी सुपरमार्केटको पारिपट्टि न्युरोडमा रहेको छ र यसको सेवा समय आइतबारदेखि शुक्रबार दिनभरि साँझ ६ बजेसम्म हुने समेत क्लिनिकले जानकारी दिएको छ।

Advertisment