सिरिया सरकार र रसियाले गर्यो नरसं‌हार, एक सातामा १२१ बालबालिकासहित ५ सय मारिए,

एजेन्सी ।

बमबारीमा घाइते भएकी एक सिरियाली बालिका । तस्बिरस् एएफपी

एजेन्सीस् सिरियाको सरकारले विद्रोही समूहमाथि एक सातामा गरेको हवाई हमलामा एक सय बालबालिकासहित ५ सय सर्वसाधरण मारिएका छन् । सरकारी सुरक्षाबलले राजधानी दमास्कस नजिक विद्रोहीहरुको अखडामा गरेको भारी बमबारीका क्रममा एक सातामै ५ सय भन्दा धेरै निहत्था नागरिक मारिएका हुन् ।

सिरियाको संघर्षलाई नजिकबाट हेरिरहेको बेलायतस्थित समूह अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार यो हमलामा मारिनेमा १२१ जना त बालबालिका नै रहेका छन् ।

सिरियाली सुरक्षाबलले रूसको सहयोगमा गत आइतवारदेखि विद्रोहीको क्षेत्रमा हमला गरिरहेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषदले यस संघर्षलाई रोक्ने प्रयासस्वरुप युद्धविरामको कोशिश गरे पनि सहमति जुट्न सकेको छैन ।

सुरक्षा परिषदले ३० दिनको युद्धविराम चाहेको छ जसले गर्दा उद्धारकर्मीले त्यहाँ पुगेर राहत सेवा चलाउन सकुन् । तर रूसले सिरियाको अहिलेको अवस्थामा युद्धविराम लागू गर्न नसकिने जनाएको छ । उसले इस्लामिक स्टेट समूह तथा नुसरा फ्रन्ट जस्ता समूह सक्रिय भएर दमास्कसमा हमला गरिरहेको जनाउँदै युद्धविराम अस्वीकार गरेको छ ।

रुसको यस भनाइको जवाफमा पश्चिमी राजनीतिककर्मीहरुले भने रूसले यस्तो कुरा गरेर समय बर्बाद गरिरहेको जनाएका छन् । पश्चिमी देशले रुस सिरियाली सुरक्षाबलको ज्यादतिको बचाउमा लागेको भन्दै चिन्ता जनाएका छन् ।

सिरियाको सरकारी सञ्चारमाध्यमका अनुसार विद्रोहीहरुले गत आइतवारदेखि अहिलेसम्म कम्तिमा पनि १६ जना सर्वसाधरणको हत्या गरिसकेका छन् । तर यसको बदलामा सरकारी फौजले गरेको हमलामा बालबालिकासहित ५ सय भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

Advertisment