समृद्ध प्रदेश बनाउने मुख्यमन्त्री गुरुङको उदघोष 

 

भुपाल गुरुङ,
पोखरा ८ चैत्त ।

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई सुन्दर, शान्त, समृद्ध र सव्य बनाउने उदघोष गर्नुभएको छ ।

पोखरामा नेपाल संङ्गित तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय नाटक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश ४ लाई सबै कोणबाट समृद्धि बनाइने बताउनुभएको हो । उहाँले प्रदेश नम्बर ४, विभिन्न जातजातिको भाषा, संस्कार, संस्कृतिले भरिपुर्ण रहेको भन्दै कला, साहित्यको विकास गर्न जरुरी रहेको बताउनुभयो । मुख्यमन्त्री गुरुङले सभ्य समाज निर्माणमा कला, साहित्यले महत्वुपर्ण भुमिका खेल्ने बताउदै संरक्षरण प्रवद्र्धनको खाँचो रहेको औल्याउनुभयो ।

उहाँले नेपाल संघिय संरचनामा गइसकेको बताउदै नेपाल संङ्गित तथा नाट्य प्रज्ञा प्रतिष्ठान संघिय ढाँचामा जान जरुरी रहेको समेत प्रष्ट्र पार्नुभयो । मुख्यमन्त्री गुरुङले नाट्य प्रज्ञा प्रतिष्ठानको विधेयक समेत आफूँले तयार पारेको स्मारण गर्दै कला, साहित्यको विकासमा आँफु तत्पर रहेको जिकिर गर्नुभयो ।

पोखरा थिएटरमा बिहिबार देखि शुरु भएको नाटक महोत्सव चैत्त १२ गते सम्म चल्ने छ । महोत्सवमा हिमाली क्षेत्रमा व्यप्त बहुपति प्रथा प्रचलन रहेको परिवारको कथा बोकेको चर्चित नाटक थाङ्गला, प्राचिन ग्रीसेली नाटक एन्टिगोनी, मैथली भाषाको सखी लगायतका १० नाटक मञ्चन हुनेछन् ।

Advertisment