सर्बाेच्चमा मुद्वाकाे चाप, कुन समितिमा को न्यायाधीश ?

काठमाडौं । सर्वोच्च अदालतमा रहेका समितिको नेतृत्व गरेका न्यायाधीशहरु कमिसन तथा भत्ताको लोभ रहने गरेको स्रोतको भनाइ छ। जग्गा तथा सवारी साधन खरिद विक्री लगायतका काम पनि समितिले नै गर्ने गरेको छ। यस्तै, विभिन्न ठाउँ तथा विदेश भ्रमणको आशक्तिमा पनि न्यायाधीशहरु लोभिएको स्रोत बताउँछ।

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा नै समितिको नेतृत्वमा रहेका छन्। उनी न्यायमा पहुँच आयोगको अध्यक्षसमेत छन्। जबराले सर्वोच्चकै वरिष्ठतम् सदस्य दीपककुमार कार्कीलाई अदालत व्यवस्थापन समितिको नेतृत्वबाट हटाएर अर्का न्यायाधीश हरिकृष्ण कार्कीलाई अध्यक्ष र सपना प्रधान मल्ललाई सदस्यको जिम्मेवारी दिएका छन्।
१. अदालत व्यवस्थापन समिति– न्यायाधीशद्वयमध्ये अध्यक्षमा हरिकृष्ण कार्की र सदस्य सपना प्रधान मल्ल
२. सम्पादन तथा प्रकाशन समिति– न्यायाधीश केदारप्रसाद चालिसे
३. मुद्दा व्यवस्थापन समिति– न्यायाधीश टंकबहादुर मोक्तान
४. मेलमिलाप समिति– न्यायाधीश तेजबहादुर केसी
५. सुचना प्रविधि समिति– न्यायाधीश अनिलकुमार सिन्हा
६. पुस्तकालय समिति– न्यायाधीश पुरुषोत्तम भण्डारी
७. केन्द्रीय न्याय क्षेत्र समन्वय समिति– न्यायाधीशद्वयबाट अध्यक्ष प्रकाशमानसिंह राउत र सदस्य डम्बरबहादुर शाही
८) अनुसन्धान तथा योजना समिति– न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ
९) मानव संशाधन विकास समिति– न्यायाधीश बमकुमार श्रेष्ठ
१०) बाल न्याय समन्वय समिति– न्यायाधीश डा. आनन्दमोहन भट्टराई
११) न्यायमा पहुँच आयोग– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा
सर्वोच्चमा पाँच वर्ष नाघेका ११ सय मुद्दा
सर्वोच्च अदालतमा पाँच वर्षअघि दर्ता भएका १ हजार १ सय ४३ वटा मुद्दाको किनारा लाग्न सकेको छैन। प्रतिवेदन, फुटकर निवेदन, दोहो¥याइ पाऊँ लगायतमा सबैभन्दा बढी ध्यान दिएर फैसला गर्ने सर्वोच्चले अदालतमा सिधैं दायर भएका रिटको फैसलमा सुस्तता देखाएको छ। सर्वोच्च अदालतमा दुईदेखि पाँच वर्षभित्रमा दर्ता भएका मात्रै २ हजार २ सय २८ थान मुद्दा रहेका छन्।

Advertisment