काेराेना नियन्त्रणमा अलमल किन ? ऋषि काफ्ले

जतिबेला देखि विश्व मानव जगत कोरोना भाइरस माहामारी रोग संक्रमण बाट प्रताडित भयो।त्यतिबेला देखी विश्वभरका सबै मुलुकका सरकार आफ्ना नागरिकको सेवामा समर्पित छन् ।नागरिक लाई रोग र भोकबाट बचाउन औषधि, उपचार र खाद्यान्न आदि सुविधा दिलाउन तल्लिन छन् ।चिन्तित छन् ।

तर विडम्बना,नेपाली नागरिकको भने दुर्भाग्य र दुर्दशा भयो ।जतिबेला देखी नेपालमा यो रोग प्रवेश गर्‍यो,त्यतिबेला देखी नेपाली नागरिकले प्रचण्ड विस्वास र भरोसा गरि आफ्नो मत मार्फत निर्वाचित गरेको (प्रतिनिधि सभा,राष्ट्रिय सभा,७ मध्य ६ प्रदेश सभामा) समेत दुईतिहाइ बहुमतको सरकार बाट तिनै मत दिने सार्वभौम नागरिक प्रति विस्वासघात गरि पुरै बेवास्ता गरियो।रोग र भोकले आपत परेकोबेला समेत नागरिकले सुरक्षा र सहयोगको कुनै अनुभुतीनै पाउन सकेनन।नागरिकको पीर,मर्का र रोदनको कुनै सुनुवाइनै भएन।
नागरिक रोग संक्रमण बाट ग्रस्त हुँदा समेत उनीहरुको स्वास्थ जांच सम्बन्धि कुनै मतलबै गरिएन।दैनिक ज्यलादारी ,मजदुर र न्यून आय भएकाहरुले समेत राहत सुबिधा प्राप्त गर्न सकेनन् ।केहि वितरण गरिएको भएता पनि अत्यन्त राजनीतिक पुर्वाग्रही रूपमा गरियो।स्वतन्त्र र फरक विचारका नागरिकहरुका लागी आकाशको फल सावित भयो ।
क्वारेन्टाइन र आइसोलेसनको ब्यवस्थापन,झाराटार्ने किसिमको मात्रै बनाइयो।बिरामी परेका नागरिकका लागि रोगजांच गर्न र स्वास्थकर्मिहरुका लागी अत्यावश्यक स्वास्थ्य सुरक्षा सामाग्री खरिदमा समेत अकुत भ्रष्टाचार गरियो। यस्ता गलत मनोवृत्ति,प्रवृत्ति, र हर्कतका कारण नागरिकको सरकार प्रतीको आस ,भरोसा र विस्वास माथी कुठाराघात भयो।
त्यति मात्र नभई नागरिक माथी यत्रो आपत विपत परेकावेला समेत उनीहरुको सेवामा समर्पित हुनुको सट्टा नागरिकले अत्यन्त विस्वास र भर गरेको सरकार सञ्चालन गरेको पार्टीको सत्ता संघर्ष र शक्तिको टकरावका कारण आन्तरिक द्वन्द र झगडाको रडाको मच्चाईयो।

नागरिकले अत्यन्त भरोसा गरेको सरकार र पार्टीको गलत क्रियाकलाप र कामका कारण नागरिकमा तीब्र आक्रोश र निराशा छाएको अवस्था छ।यस्तो अवस्था आउनुले नागरिकहरु बिच सरकार प्रति मात्र नभईकन ब्यवस्था प्रति समेत वितृष्णा बढ्दै गईरहेको र विकल्पको खोजि तिर लाग्न सक्ने अवस्थाको प्रतीत हुन्छ। यस्तो अवस्था आउनु अन्ततः देश र नागरिकका निम्ति घातक हो।
यी सबै विषयको कारक तत्व भनेको सरकारको गैरजिम्मेवारिता र अक्षमताको पराकाष्ठा हो ।

लेखक : ऋषि काफ्ले तरुण नेता तथा नेपाली कांग्रेसका महासमिती सदस्य हुनुहुन्छ ।

Advertisment