सांसद सूर्यबहादुर केसीको अन्त्यष्टि !

पाेखरा । संघीय सांसद सूर्यबहादुर केसीको शान्तिघाटमा गरिएको छ । उनको पोखरा स्थित सेती किनारमा रहेको घाटमा मंगलबार अन्त्यष्टी गरिएको हो । स्वर्गीय केसीको पार्थिव शरीरमा छोराहरु प्रकाश केसी, किरण केसी र रोशन केसीले दागवत्ती दिए ।

नेपाली कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य समेत रहेका सांसद केसीको उनकै निवास मुस्ताङचोकबाट शवयात्रा गरिएको थियो । शवयात्रा अगाडि स्वर्गीय केसीको निवासमा मंगलबार विहान अन्तिम श्रद्धाञ्जली अर्पण गर्न राजनीतिकर्मी, पोखरा स्थित सरकारी पदाधिकारी तथा सुरक्षा निकायका उच्च पदस्त पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधी, सामाजिक, शैक्षिक क्षेत्रका व्यक्तित्व तथा केसीका आफन्त एवं शुभ–चिन्तकहरुको बाक्लो उपस्थिती थियो ।

स्व.केसीको पार्थिव शरिरमा नेपाली कांग्रेसले पार्टीको तर्फबाट चारतारे झण्डा ओढाएकाे थियाे । पूर्व सभामुख तारानाथ रानाभाट, नेता शुक्रराज शर्मा, पूर्व कानुनमन्त्री यज्ञबहादुर थापा, नेपाली कांग्रेस कास्की सभापति कृष्ण केसी,नेपाली कांग्रेस केन्द्रीय निती अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रिय सदस्य सरस्वती गुरुङ लगात कांग्रेसका सयौं कार्यकर्ताहरुले स्व.केसीको शरीरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

Advertisment